+
+

चितवनको माडी-१ को वडाध्यक्षमा राप्रपाका लामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ८:०८

१, जेठ, चितवन । चितवनको माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका अमित लामा निर्वाचित भएका छन् ।

आइतबार बिहान सकिएको मतगणनामा लामाले १४३३ मत पाउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्य थिए । उनको  निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत ल्याए । एमाले उम्मेदवार टीकाराम सुवेदीले १२६ मत ल्याउन सके ।

सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्य गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली कांग्रेसका जय नारायण लामिछाने र राप्रपाका दीपेन्द्र महतो निर्वाचित बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?