+
+

मुस्ताङको थासाङ अध्यक्षमा एमालेका गौचन निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १५:०१

१ जेठ, पोखरा । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन निर्वाचित भएका छन् ।

गौचनले ११४४ मत पाए भने कांग्रेसका उम्मेदवार बालकुमारी शेरचनले १०५५ मत ल्याइन् ।

उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचनले १११२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने एमालेका उम्मेदवार सुमिता शेर्पाले १०८० मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको नेपाली कांग्रेसले यसपटक भने अध्यक्ष पद गुमाएको हो ।

थासाङ गाउँपालिकाको वडा नं ३ र ४ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ भने वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी भएका हुन् ।

थासाङ १ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने त्यहा अन्य सदस्य नेकपा एमालेले जितेको छ ।

यो सँगै मुस्ताङका ४ स्थानीय तहमा एमालेले जीत निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?