+
+

वालिङको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ११:२२

४ जेठ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका कृष्ण खाँण र उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएका हुन् ।

एमालेका कृष्ण खाँणले नेपाली निवर्तमान मेयरसमेत रहेका कांग्रेसका दिलीपप्रताप खाँणलाई २१८० मतान्तरले पराजित गरेका हुन् । कृष्ण खाँणले १३ हजार ७७६ मत ल्याउँदा दिलीपप्रताप खाँणले ११ हजार ५९६ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी कविता तिवारी गैह्रेले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी छन् । तिवारीले १२ हजार ८२२ मत ल्या उँदा उनकी प्रतिस्पर्धी थापाले १२ हजार ३४० मत पाइन् । पराजित थापा २०७४ को चुनावमा पनि यही पदमा उम्मेदवार थिइन् ।

१४ वडामध्ये एमालेले ८ र कांग्रेसले ६ वडामा अध्यक्ष जितेको छ । एमालेबाट वडानम्बर ३ मा भीमबहादुर गुरुङ, ४ मा हरिप्रसाद खनाल, ६ मा श्यामकृष्ण श्रेष्ठ, ७  मा पाण्डुकुमार थापा, ८ मा दामोदर तिवारी, ९ मा अमृत श्रेष्ठ, १२  मा विश्वजंग गुरुङ र १३ नमलाल डुम्रे विजयी भएका छन् ।

यस्तै, कांग्रेसबाट वडानम्बर १ मा पदमराज गुरुङ, २ पोतप्रसाद लम्साल, ५ मा छवि आले, १० मा सुनील खनाल, ११ मा डण्डापानी पंगेनी
र १४ मा राजु कुँवर विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?