+
+

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:३६

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ ।

वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ प्रतिशतले बढेको छ । २७ वाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ ।

८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ६.२३ प्रतिशत रहेको छ । २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १७.४३ प्रतिशतले बढेको छ ।

वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । कुलकर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशतभन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो)भने राष्ट्र बैंकले तोकेको सीमा भित्र नै (८९.६५ प्रतिशत) रहेको समेत कम्पनीले जनाएको छ ।

औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ । नेपाल बैंकले देशभर २१३ शाखाहरु, १७० एटीएम मेसिन र ४७ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?