+
+

काठमाडौंमा सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:४१

५ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन सञ्चालनमा राेक लगाउने निर्णय गरेकाे छ ।

बिहीबार बसेकाे जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेकाे साहायक प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जानकारी दिए ।

‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटकाे गाडी चलाउन पाइन्न,’ पाैडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’

इन्धन खपत कम गर्ने भन्दै सरकारले १ जेठदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?