
५ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुवै जना उम्मेदवारले बराबरी मत ल्याए पछि गोला प्रथाबाट विजयी घोषणा गरिएको छ । गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भए । मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए । र उनले विजय उत्सव समेत मनाइसकेका थिए ।
तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो । मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत (७६७) पाए ।
बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंह नै भाग्यमानी ठहरिए र उनको खुशीमा पूर्ण विराम लागेन ।
एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत र मगरले ७४४ मत पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4