+
+

सुनको मूल्य तोलामा ७ सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते ११:४१

८ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो साता सुरुवाती दिनमा केही घटेको सुनको मूल्य अन्तिम तिर भने बढ्न थालेको थियो ।

आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार २७० रुपैयाँ रहेको छ । शुक्रबार आइतबारकै मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?