+
+

गुल्मीको छत्रकोटका विद्यालयमा आइतबार पनि पठनपाठन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १२:५६

१९ जेठ, गुल्मी । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्ररहेका सबै विद्यालय सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन हुने छत्रकोट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा बसेको जनप्रतिनिधि कर्मचारी र प्रधानाध्यापकहरुको बैठकले उक्त निर्णय गरेको हो ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण लामो समय अस्तव्यस्त रहेको पठनपाठनलाई पुरानै लयमा फर्काउने उदेश्यले आइतबार बिधालय खोल्ने निर्णय गरिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

विद्यार्थी र अभिभावकको मनसाय बुझेर आउँदा आइतबारदेखि नियमित बिद्यालय सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए ।

दुई दिन बिदा हुँदा विद्यार्थीको पढाईमा असर पर्ने र उनीहरु बिग्रने सम्भावना भएकाले पहिले जस्तै आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?