+
+

सोमबारबाट काठमाडौंमा कल सेन्टर, ५० युनिटमा गुनासो फरवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १६:२२

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारबाट कल सेन्टर चलाउने भएको छ ।

महानगरपालिकाको मेयर बालेन्द्र साह(बालेन)ले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार सोमबारबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।

महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबारबाट पहिलो चरणमा कल सेन्टर चलाउने तयारी गरेको ढकालले जानकारी दिए ।

उनका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने छ । ‘ अहिले प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहको गुनासो फरवार्ड हुनेछ ।

महानगरभित्रका सडक,ढल पूर्वाधार, बजार अनुगमन, स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रमा गुनासो आउन सक्छ सोहि अनुसार महानगरका विभिन्न विभागहरुमा आएका गुनासोहरु फरवार्ड गरेर कारबाही हुन्छ, ’ ढकालले भने ।

सामुदायिक विद्यालयमा पनि गुनासो आउन सक्ने भएकोले अर्को चरणमा महानगर भित्रका सामुदायिक विद्यालयमा पनि कल सेन्टरको लिङ्क जोडेर तत्काल समाधान तर्फ जाने तयारी भएको ढकालले बताए । टोल फ्री नम्बर राख्ने तयारी रहेको महानगरमा ११८० नम्बरको कल सेन्टर हुने सम्भावना रहेको छ ।

‘पूर्वाधार एम्बुलेन्स’ गाडी खोज्दै

सडक, पूर्वाधार क्षेत्रमा आएका गुनासो तत्काल समाधान गर्न भन्दै एकसाता भित्र चलाउने भनिएको पूर्वाधार एम्बुलेन्सको लागि महानगरले गाडी खोजिरहेता पनि अहिलेसम्म फेला परेको छैन ।

काठमाडौं महानगरपालिकाले वातावरण विभागमा रहेका दूईवटा गाडी मागेता पनि शुक्रबार दिउँसोसम्म गाडी उपलब्ध हुन नसकेको एक कर्मचारीले जानकारी दिए ।

ती कर्मचारीका अनुसार सोमबारसम्म चल्ने भनिएको पूर्वाधार एम्बुलेन्स चल्न केहि दिन लाग्न सक्नेछ । पूर्वाधार एम्बुलेन्सको लागि महानगरवासीले कलसेन्टर मार्फत जानकारी, गुनासो गर्न सकिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?