+

मेस्सी एक्लैले गरे ५ गोल

२०७९ जेठ  २३ गते ११:४३ २०७९ जेठ २३ गते ११:४३
मेस्सी एक्लैले गरे ५ गोल

काठमाडौं । लिओनल मेस्सीको पाँच गोलसँगै अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा स्टोनियालाई हराएको छ ।

अघिल्लो साता दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियन इटलीलाई ३–० ले हराएर फाइनलसीमाको उपाधि जितेको थियो । यो खेलमा दुई गोलमा असिस्ट गरेका मेस्सीले आइतबार भने एक्लै पाँच गोल गरेका हुन् ।

स्पेनको पम्प्लोनामा भएको खेलमा मेस्सीले आठौं मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा दोस्रो गोल गरेका उनले ४७, ७१ र ७६ मिनेटमा गोल थपेका छन् ।

मेस्सीले यसअघि २०१२ मा च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गरेका थिए । अन्तिम १६ को दोस्रो लेगमा बार्यन लिभरकुसनलाई ७–१ ले हराउने क्रममा मेस्सी एक्लैले ५ गोल गरेका थिए ।

लिओनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय