
२५ जेठ, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुता युतकाबीच शिष्टाचार भेटघाट भएको छ ।प्रधान सेनापति शर्मा र राजदृत युतकाबीच बुधबार जङ्गी अड्डामा भेटघाट भएको हो ।
भेटमा प्रधान सेनापति शर्मा र राजदूतबीच दुइ पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । सेनाले यस्तो भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्द पुग्ने नेपाली सेनाले जनाएको छ ।
अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउँदै छन् । उनी आउने अघिल्लो दिन जापानी राजदूतले प्रधान सेनापतिसँग भेट गरेका हुन् ।
प्रधान सेनापति शर्मा केही दिनपछि शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमणमा जाने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4