+
+

तथ्यांक विभागको सर्वेक्षण : २७ प्रतिशत फोहोर नदीमा फालिन्छ

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ ३१ गते १७:३५
तनहुँको बन्दीपुरको काखमा बग्ने चुँदीखोलामा फालिएको फोहोर/फाइल तस्वीर

३१ जेठ, काठमाडौं । एक सर्वेक्षण अनुसार नेपालमा संकलित हुने फोहोरको २७ प्रतिशत फोहोर नदी किनारमा फाल्ने गरिएको पाइएको छ ।

सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तथ्यांक विभागमार्फत सन् २०२० मा २ सय ७१ वटा नगरपालिकामा गरेको आधार रेखा सर्वेक्षण अनुसार यस्तो देखिएको हो ।

संकलित फोहोरमैलाको आयतनको आधारमा कुहिने फोहोरको अंश ५४ प्रतिशत, रासायनिक फोहोरको अंश ३३.३ प्रतिशत र अन्य फोहोरको मात्रा १२.७ प्रतिशत रहेको देखाएको छ ।

सर्वेक्षणले संकलित फोहोमैलामध्ये ४८.६ प्रतिफल ल्यान्डफिल साइटमा बिसर्जन हुने, ३२.१ प्रतिशत जलाउने र २७.४ प्रतिशत फोहोर नदी किनारमा थुपार्ने गरिएको उक्त सर्वेक्षणले देखाएको छ । सर्वेक्षण गरेका नगरपालिका मध्ये ४२.१ प्रतिशतले मात्र ल्यान्डफिल साइटको प्रयोग गर्ने गरेका र ल्यान्डफिल साइटको प्रयोग गर्ने मध्ये ८५.१ प्रतिशतले आफ्नै ल्यान्डसाइट प्रयोग गर्ने गरेको देखिन्छ ।

उपलब्ध ल्यान्डफिल साइटको औसत आकार १५ हेक्टर रहेको छ भने औसत क्षमता २९ हजार ८ सय ७७ घनमिटर रहेको देखिन्छ । ल्यान्डफिल साइटको औसत दुरी ४.३ किलोमिटर र औसत आयु १६.३ वर्ष रहेको छ ।

४५ प्रतिशत नगरपालिकामा मात्रै ढल निकास

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७७ मा गरेको क्षमता विकास आवश्यकता पहिचानसम्बन्धी अध्ययनअनुसार १२ प्रतिशत स्थानीय तहको संस्थागत संरचनामा फोहोरमैला व्यवस्थापन शाखा/उपशाखा/एकाइको प्रबन्ध भएको देखिन्छ । उक्त अध्ययनले १२ प्रतिशत स्थानीय तहमा फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रको परिचालन गरेको देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले सन् २०१९/२० मा गरेको सर्वेक्षण अनुसार ४५ प्रतिशत नगरपालिकाहरु मात्र ढल निकासको प्रणालीमा आबद्ध रहेका छन् भने ९.४ प्रतिशत घरपरिवार मात्र सुविधायुक्त पानी निकास प्रणालीमा जोडिएका छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?