+

१२ स्वर्ण सहित नेपाल च्याम्पियन

२०७९ असार  ५ गते १७:३८ २०७९ असार ५ गते १७:३८
१२ स्वर्ण सहित नेपाल च्याम्पियन

५ असार, काठमाडौं ।  भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ ।

नेपाल सोतोकान (एसकेडीयूएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्रप्रसाद श्रेष्ठले जानकारी गराए ।

स्वर्ण जित्न सफल खेलाडीहरुमा वर्षा के.सी.(१३ वर्ष), झरना के.सी.(१४ वर्ष), सुरोज राजबाहक (१५ वर्ष), एन्जीला राई (१६ वर्ष), शाहिल घले (१६ वर्ष), सर्मिला वाईवा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), बर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ्ग (६८ केजी माथि) रहेका छन् ।

यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए ।नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेठ २७ गते त्यस तर्फ प्रस्थान गरेको थियो ।

यस्तै रुपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजी मुनि) ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ्ग (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय