+
+

४६ वर्षदेखि हङकङमा तैरिरहेको जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुब्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १७:०२

७ असार, काठमाडौं । हङकङको पहिचान बनाएर तैरिरहेको जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुबेको छ ।

४६ वर्षदेखि विशाल पानी जहाजमा सञ्चालिन यो रेष्टुरेन्ट दक्षिणपश्चिम हङकङको एबर्डिनमा थियो । तर सञ्चालकले त्यहाँबाट अर्को ठाउँ (सार्वजनिक नगरिएको) मा सार्ने क्रममा रेष्टुरेन्ट प्यारासे‍ल टापु नजिक समुन्द्रमा डुबेको हो ।

रेस्टुरेन्ट १ हजार मिटर तल डुबेको र अब त्यसलाई उतार्न असम्भव रहेको एबर्डिन रेस्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ । उसका अनुसार रेस्टुरेन्ट डुबे पनि कसैलाई कुनै चोट पटक लागेको छैन । रेस्टुरेन्ट रहेको जहाज चलाउने चालक दलका सदस्य सुरक्षित छन् ।

सन् १९७६ को अक्टुवरमा खोलिएको यो रेष्टुरेन्ट ३ मार्च, २०२० देखि बन्द थियो । कोरोना महामारीका कारण बन्द हुनुअघि सन् २०१३ देखि नै यो रेष्टुरेन्ट घाटामा चलिरहेको थियो । तर पनि एबर्डिन रेस्टुरेन्ट इन्टरप्राइजेजले प्रतिष्ठाका लागि रेष्टुरेन्ट सञ्चालन गरिरहेको थियो ।

मर्मत गरेर नयाँ लगानीकर्तालाई बेच्ने लक्ष्यसहित एबर्डिन रेस्टुरेन्ट इन्टरप्राइजेजले रेष्टुरेन्टलाई अन्त सार्न लागेको थियो ।

३० लाख भन्दा बढी मानिस यो रेष्टुरेन्टमा पुगेको विश्वास छ । जसमा वेलयाती महारानी एलिजावेथ द्वितीय, अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरसहित टम क्रुजलगायतका चर्चित व्यक्ति पनि छन् । यो रेस्टुरेन्टमा केही चलचित्रहरुको छायाँकन पनि गरिएको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?