+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १९:२१

१३  असार, काठमाडौं ।   प्रहरीले पेस्तोलसहित धादिङबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरामा लिई बस्‍ने वडा २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ  र २५ वर्षीय अविनाश तामाङ रहेका छन्  ।

कोठामा अवैध रुपमा हातहतियार पेस्तोल लुकाएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो  ।

प्रहरीले उनीहरुको साथबाट पेस्तोल  १ थान, खुकुरी  १ थान र मोबाइल सेट ३ थान बराममद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?