
१४ असार, भक्तपुर । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् ।
सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4