
१६ असार, वीरगञ्ज । प्रहरीले बाराबाट लागु औषध १० किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१२ बस्ने १७ वर्षीय युवक र ३४ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।
बिहीबार दिउँसो सवा १ बजे जितपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर चौकबाट उनीहरुलाई गाजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार प्रहरी हवल्दारको नेतृत्वमा खटिएको पिकेट टोलीले शंकास्पद तरिकाले पैदल हिँडिरहेका उनीहरुले बोकेको झोला चेकजाँच १० किलो लागु औषध गाजा फेला परेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4