+
+

‘अवतार’को चौथो र पाँचौं श्रृंखलाको निर्देशन जेम्स क्यामरुनले नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १६:०८

काठमाडौं । विश्व प्रतिष्ठित फिल्म निर्देशक जेम्स क्यामरुनले ब्लकबस्टर ‘अवतार’को चौथो र पाँचौं श्रृंखलाबाट हात झिकेका छन् । ‘अवतार’को विशेष संस्करण नै प्रकाशित गरेको बेलायतको अम्पायर म्यागजिनले क्यामरुनले अवतारका ती श्रृंखला निर्देशन नगर्न सक्नेबारे उल्लेख गरेको हो ।

‘अवतार २’ पुस १ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । अवतारको तेस्रो, चौथो र पाँचौं श्रृंखलालाई एकैसाथ निर्माण गर्ने तयारी पनि छ । क्यामरुनकै आइडियामा फिल्मको विकास भएको हो ।

तर क्यामरुनले पछिल्ला दुईवटा सिक्वेल निर्देशन नगर्ने कुरा सतहमा आएको छ । अम्पायर म्यागजिनसँग कुरा गर्दै उनले पछिल्ला दुई सिक्वेल कुनै निर्देशकलाई जिम्मा दिएर टुंग्याउने सोचमा आफू रहेको बताएका छन् ।

हुन त ‘अवतार’ क्यामरुनले देखेको कल्पनाको विश्व हो । ‘प्राकृतिक विश्वको परिवार, दिगोपन र वातावरणबारे मैले सबथोक भन्नु जरुरी छ । फिल्मको क्यानभासमा भन्न यी कुरा मेरो जीवन र सिनेम्याटिक लाइफबारे उत्तिकै महत्वपूर्ण छन्,’ क्यामरुन भन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?