+
+

‘कल्चर थ्रु द आइज अफ युथ’ प्रतियोगिताको विजेता बनिन् प्रतिशा जोशी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १७:५०

काठमाडौं । दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले संयुक्तरुपमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रतिशा जोशी प्रथम भएकी छन् ।त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत जोशी ‘युवाको बुझाइमा संस्कृति–२०२२’ (कल्चर थ्रु द आइज अफ युथ) विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी हुन् ।

काठमाडौंको टोखा–७ बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा आयोजकले विजेताहरुको नाम घोषणा गरेको हो । प्रतियोगितामा बूढानीलकण्ठ स्कुलमा अध्ययनरत दीक्षा उपाध्याय द्वितीय हुँँदा सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरत पे्ररणा थापा तृतीय भइन् ।

प्रतियोगितामा ग्रेसी न्यौपाने (नाइटिंगेल इन्टरनेशनल एकेडेमी) र सहारा सुबदी (साउथवेस्टर्न स्टेट कलेज)ले सान्त्वना स्थान हासिल गरेका छन् । साथै प्रतियोगितामा विशेष पुरस्कार अश्विन अधिकारी (साउथवेस्टर्न स्टेट कलेज) र बमबहादर विश्वकर्मा (श्री त्रिनगर मावि, धनगढी, कैलाली)ले हासिल गरेका छन् ।

तीन चरणमा आयोजित प्रतियोगितामा देशभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता रहेको थियो । युवाहरूलाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको हो ।

२०७९ वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिता पहिलो र दोस्रो चरण जुम मिटिङ्बाट भएको थियो भने अन्तिम प्रतियोगिता सहभागीबीच भौतिक उपस्थितिमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?