+
+

बैंकहरुको बेस रेट कोभिड अघिको भन्दा माथि

विस्तृत मुद्राप्रदाय लक्षित सीमाभन्दा धेरै तल, कर्जा विस्तार पनि लक्ष्यअनुसार नपुग्ने

बैंक तथा वित्तीय संस्थामा कर्जा ब्याजदर ‘प्रि–कोभिड’ को नजिक पुगेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ११.५४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १८:३७

२७ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जा ब्याजदर ‘प्रि–कोभिड’ को नजिक पुगेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ११.५४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्त २०७६ मा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर ११.७७ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुको औसत आधार व्याजदर (बेस रेट) भने ‘प्रि–कोभिड’ को भन्दा माथि पुगेको छ । चैत २०७६ मा ९.३६ प्रतिशत रहेको वाणिज्य बैंकको बेस रेट ९.३९ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । असार मासान्त २०७८ मा भने वाणिज्य बैंकहरुको बेस रेट ६.८६ प्रतिशतमा झरेको थियो ।

कोभिड–१९ को समयमा बैंकिङ प्रणालीमा बढेको तरलता सँगै घटेको ब्याजदर चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि क्रमशः उकालो लागेको छ । २०७८ असार मसान्तमा ८.४३ प्रतिशत रहेको कर्जाको भारित औसत व्याजदर ९ महिनामा ३.११ प्रतिशले वृद्धि भएको छ । लगानीमा रहेको कर्जाको व्याजदर लगातार बढ्दै गएको छ । नयाँ कर्जाको व्याजदर ‘प्रि–कोभिड’ को भन्दा माथि पुगेको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् ।

निक्षेपको व्याजदर उकालो लाग्दा कर्जाको व्याजदर पनि बढेको हो । चैत मसान्त २०७६ मा निक्षेपको भारित औसत व्याजदर ६.७४ प्रतिशत रहेकोमा असार मसान्त २०७८ मा ४.६५ प्रतिशतमा घटेको थियो । तर, २०७९ जेठमा आउँदा निक्षेपको भारित औसत व्याजदर बढेर ७.३४ प्रतिशत पुगेको छ ।

निक्षेपको व्याजदर पनि ‘प्रि–कोभिड’ को भन्दा माथि पुगेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति लक्ष्य भन्दा माथि पुगेको भन्दै नियन्त्रण गर्न व्याजदर बढाउनुपर्ने बताइरहेका छन् । यसले व्याजदर अझै माथि जाने देखिन्छ ।

विस्तृत मुद्राप्रदाय कर्जा लगानी लक्ष्य अनुसार नपुग्ने

नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा साढे ६ प्रतिशभित्र मुद्रास्फीति राख्ने लक्ष्यसहित विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, आर्थिक वर्ष सकिन लाग्दा कर्जा विस्तार र विस्तृत मुद्राप्रदायको बिस्तार न्यून हुँदा पनि मुद्रास्फीति भने ८ प्रतिशत नाघेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशत मात्रै र मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १५ प्रतिशतले बढेको जनाएको छ ।

असारमा बैंकहरुको कर्जा विस्तार खासै नबढेको हुँदा मौद्रिक क्षेत्रको निजी क्षेत्र माथिको दावी बढ्ने अवस्था छैन । तर, बैंकिङ प्रणालीमा निक्षेप केही सुधारोन्मुख रहँदा विस्तृत मुद्राप्रदाय भने केही बढे पनि लक्षित सीमाभन्दा तलै रहनेछ । यस्तै जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति भने ८.५६ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?