
२९ असार, काठमाडौं । युवा स्वरोजगार कोषबाट जथाभावी ऋण प्रवाह भएको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले पर्याप्त संख्यामा ऋणीको अनुगमन नगरिएका कारण कतिपयले तोकिएको व्यवसायमा लगानी नगरेको औल्याएको छ ।
युवा स्वरोजगार कोषबाट २०७७/७६ मा रू. ३२ लाख खर्च गरी ७ प्रदेशका २० जिल्लामा प्रथम किस्ता लगानी भएका ८८, दोस्रो किस्ता लगानी भएका ११२ र कर्जा माग गरी प्रस्ताव पेश भएका २९१ गरी कुल ४९१ सहकारी संस्थाहरूको स्थलगत अनुगमन भएको थियो ।
अनुगमन गर्दा पर्याप्त संख्यामा ऋणीको अनुगमन नगरेका कारण कतिपयले तोकिएको व्यवसायमा लगानी नगरेको, एउटै व्यक्तिलाई दोहोरो ऋण दिएको पनि भेटिएको छ ।
कास्की, लमजुङ, तनहुँ र बाग्लुङमा १६ सहकारी संस्थाको ५२९ ऋणीको स्थिति अध्ययन गर्दा १२६ ऋणीले व्यावसायिक निरन्तरता नदिएको महालेखाले जनाएके छ ।
२ सुन पसललाई कार्यविधिले तोकेको प्रक्रिया नपुर्याई ऋण दिएको र २४ वटा लक्षित समूहमा नपर्ने ठूला व्यवसायीलाई ऋण दिएको पनि भेटिएको छ ।
‘मापदण्ड नपुगेका ५ सहकारी संस्थालाई लगानी गरेको र तोकिएको मितिमा ऋण फिर्ता नगर्ने १ हजार १७७ सहकारी संस्थालाई तोकिएबमोजिम कारबाही समेत नगरेको अवस्था छ’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया 4