+
+

मेस्सीको सम्झौता एक वर्ष थप्ने पीएसजीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १४:०१

३० असार, काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले स्ट्राइकर लियोनल मेस्सीसँगको सम्झौता थप एक वर्ष बढाउने प्रस्ताव गरेको छ ।

स्पेनिस मिडिया मार्काको अनुसार मेस्सीलाई क्लबभित्रबाटै थप एक वर्षका लागि सम्झौता थप्ने प्रस्ताव आएको हो । २०२१ को अगस्टमा पीएसजी आएका उनका सम्झौता सन् २०२३ को जुनमा सकिने छ ।

करिअरको उत्तरार्धमा रहेका उनले सम्झौता नवीकरणका बारेमा कतारमा हुने विश्वकप पछि मात्र विचार गर्ने बताएका छन् ।

शारीरिक हिसाबले उनी कतिको फिट रहन्छन्, त्यसैमा आधारित रहेर उनले क्लबसँगको सम्झौतामा नवीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछन् । उनले यस वर्ष पीएसजीमा खासै राम्रो प्रदर्शन गरेनन् । चोटका साथै, कोभिड–१९ ले उनको प्रदर्शनमा असर गरेको थियो ।

सिजन सुरु नभए पनि मेस्सी छुट्टी घटाएर प्रशिक्षणमा फर्केका छन् । पीएसजीले यस सिजनको पहिलो खेल जु्लाइ ३१ मा फ्रेन्च सुपर कपमा नेन्टस्सँग खेल्नेछ ।

पीएसजी किन चाहन्छ मेस्सी ?

पीएसजी मेस्सीलाई क्लबमा आवद्ध गर्न चाहनुको कारण भनेको उनको आवद्धताले क्लबलाई भएको फाइदा हो । मेस्सीको आवद्धताले क्लबलाई धेरै आर्थिक लाभ भएको छ । मेस्सीको नामले क्लबको प्रचारमा धेरै सहयोग भइरहेको छ ।

मेस्सीको ख्यातीलाई क्लबको विज्ञापनका लागि पनि प्रयोग गरिरहेको छ । यतिसम्मकी पीएसजीसँग सहकार्य गर्न आउने व्यावसायिक संस्थाहरुले पनि मेस्सीलाई आधार बनाएका छन् । उनको नाम र प्रसिद्धी नै अहिले पीएसजीले उनलाई आवद्ध गर्न चाहनुको मुख्य कारणको रुपमा देखा परेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?