+
+

रौतहटबाट १९२ किलो गाँजा बरामद

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७९ साउन २ गते ११:४८

२ साउन, रौतहट । सशस्त्र प्रहरी बल रौतहटले १ सय ९२ किलो गाँजा सहित एउटा गाडी नियन्त्रणमा लिएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ६ कुडियाबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो ।

कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर डिएल सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो । गाडीमा १३ वटा पोकामा प्रतिपोका १४.८ केजीको दरले १ सय ९२.४ केजी गाँजा फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

विशेष सूचनाका आधारमा खटिएको सुरक्षा टोलीले नियन्त्रणमा लिएको सवारी साधन र बरामद भएको गाँजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?