+
+

प्रहरी समायोजनमा दबाव दिन प्रदेश गृहमन्त्रीहरु काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १३:२०
जनकपुरको कार्यक्रममा ७ प्रदेशका गृहमन्त्रीहरु । फाइल तस्वीर

२ साउन, काठमाडौं । प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमाडौं आएका छन् ।

आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केहीबेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् । अपराह्न साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाने उनीहरुको तयारी छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न बालुवाटार जाने मधेश प्रदेशका गृहमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

‘प्रहरी समायोजन लगायत जनकपुर घोषणाबारे ध्यानाकर्षण गराउन शीर्ष नेताहरुलाई भेटेका हौं,’ उनले भने ।

२३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरुको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित ७ बुँदे जनकपुर घोषणापत्र जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?