+
+

विश्वचर्चित ब्याण्ड चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते ११:४२

काठमाडौं । विश्वचर्चित सांगीतिक समूह द चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्ने भएको छ । एपीका अनुसार अनुसार सन् २०२४ मा सांगीतिक कार्यक्रम गर्दै ब्यान्डले कीर्तिमान रच्न लागेको हो ।

ब्यान्डका दुई सदस्य ड्रु ट्यागगार्ट र एलेक्स पालले अन्तरिक्ष पर्यटन कम्पनी वल्र्ड भ्युसँगको साझेदारीमा पृथ्वीबाट करिब २० माइलमाथि हुने कन्सर्टको लागि अन्तरिक्ष बेलुन र क्याप्सुलको प्रयोग गर्नेछन् ।

‘हामीले सधैं अन्तरिक्षमा जाने सपना देखेका छौं र यो साहसिक अनुभव लिन वल्र्ड भ्युसँग सहकार्य गर्न लागेकोमा उत्साहित पनि छौं,’ चेनस्मोकर्सले विज्ञप्तिमा भनेको छ, ‘हामीलाई थाहा छ कि पृथ्वी र अन्तरिक्ष दुवैका दृश्य अविश्वसनीय र प्रेरणादायी हुनेछन् । हामी भविष्यका परियोजनाको लागि यो उडानलाई लाभमा बदल्न चाहन्छौं ।’

वल्र्ड भ्युका कार्यकारी अधिकृत रायन हार्टम्यानले यो कार्यक्रमले अन्य कलाकारलाई पनि फरक काम गर्न प्रेरित गर्ने आशा व्यक्त गरे । समाचार संस्था एपीसँगको कुराकानीमा उनले चेनस्मोकर्सलाई अन्तरिक्षमा पठाउने कार्यमा आफ्ना कान्छा छोराबाट प्रभावित भएको बताए ।

‘मैले देखेको छु कि कसरी उनीहरुको संगीतिक फरक समूह र उमेर समूहमा पुग्छ भनेर । साथै, संगीत र कलाप्रति उनीहरु कत्तिको गम्भीर छन् भन्ने पनि बुझेको छु,’ हार्टम्यानले भनेका छन् ।

गत मे महिनामा ब्यान्डले ‘सो फार सो गुड’ एल्बम रिलिज गरेको थियो । नेपालमा समेत द चेनस्मोकर्स ब्यान्डको फ्यान फलोइङ राम्रो छ । ब्यान्डको हिट गीत ‘क्लोजर’ नेपाली दर्शक-श्रोतामाझ पनि लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?