+
+

पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते ९:०५

१२ साउन, लमजुङ । लमजुङमा खसेको पहिरोले डुम्रे–बेंसीसहर  सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति खसेको ढुङ्गा र लेदो माटोसहितको पहिरोले सडक अवरूद्ध भएको हो ।

प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसकेको बताए । गएरातिदेखि आज बिहानसम्म पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।

गत भदौ महिनामा बेंसीसहर  नगरपालिका–१ उदिपुरको देउराली डाँडामा सडक बगेको थियो । त्यसपछि वैकल्पिक सडकका रुपमा त्यसकै माथिको जङ्गल हुँदै वैकल्पिक सडक बनाइए पनि गत असारको पहिलो हप्ता आएको पहिरोले सो सडकसमेत बगाएको थियो ।

वैकल्पिक सडकसमेत पटक–पटक अवरुद्ध हुँदा बेँसीसहर, मनाङ, काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ आउ-जाउ गर्न समस्या हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?