+
+

बन्जी जम्प गर्ने ओलीको रहर !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १७:४४

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना गरेका छन् ।

शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए ।

‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ उनले भने

तर युवाले डाक्टरलाई नसोधी बन्जी जम्प गर्न सक्ने ओलीले बताए । युवाले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा सहभागी हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?