+
+

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते ७:४४

२५ साउन, धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

मंगलबार राति धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चालक घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाकाअनुसार मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । मृतक मडैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?