+

मास्क लगाउँदा चश्मामा बाफ जम्मा हुन नदिने के गर्ने ?

२०७९ साउन  २६ गते १२:०१ २०७९ साउन २६ गते १२:०१
मास्क लगाउँदा चश्मामा बाफ जम्मा हुन नदिने के गर्ने ?

काठमाडौं । कोरोना भाइरस संक्रमण सुरु भएपछि संसारभर नै मास्क अनिवार्यजस्तै बनिसकेको छ । पहिले धुँवाधुलोबाट जोगिन एकाधले मास्क लगाए पनि अहिले अधिकांश व्यक्ति नियमित रुपमै मास्क प्रयोग गर्छन् ।

मास्क अहिले दैनिक जीवनको हिस्सा नै बनेको छ । भाइरस संक्रमणबाट बचाउने यसले महत्वपूर्ण भूमिका खेल्ने जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।

तर नियमित रुपमा चश्मा लगाउनेहरुलाई मास्क लगाउन समस्या हुने गरेको छ । कारण, चश्मा र मास्क एकैचोटि लगाउँदा मुखबाट आएको बाफले चश्मालाई ढाक्छ र राम्रोसँग देख्नमा समस्या उत्पन्न हुन्छ ।

त्यसैले धेरैले यस्तो समस्यालाई कसरी समाधान गर्ने भनेर सोचिरहेका हुन्छन् । चस्मामा बाफ जम्मा हुने समस्याको समाधानका लागि के-के कुरामा ध्यान दिने भन्ने विषयमा नेत्ररोग विशेषज्ञ डा. प्रतीक्षा अमात्यको सुझाव यस्तो छ :

डा. प्रतीक्षा अमात्य

चश्मामा बाफ जम्मा हुनबाट बच्ने उपाय

-आजभोलि बजारमा बाफ जम्मा नहुने खालको चस्मा पाइन्छ । त्यो चश्माको प्रयोग गरियो भने पनि मास्क लगाउँदा बाफ जम्मा हुने समस्या हुँदैन । बाफ जम्मा नहुने चश्मा नर्मल पावरको बनाउँदा त्यसको मूल्य २५ सय रुपैयाँ पर्छ ।

-मास्कको नाकको भाग त्रिकोणीय वा भी आकारको हुनुपर्छ, साथै नाकमा राम्ररी फिट हुनुपर्छ । मास्कको नाकको भागमा फलामको रड प्रयोग भएको हुन्छ त्यसलाई राम्ररी प्रेस गरेर लगाउँदा पनि राम्ररी फिट हुन्छ र बाफ जम्मा हुन पाउँदैन ।

-मास्क लगाउँदा नाकमा टेप लगाउने । नाकमा टेप लगाएर मास्क लगाइयो भने चस्मामा बाफ जम्मा हुँदैन ।

-मास्कको डोरीलाई राम्ररी कसेर राम्ररी फिट हुने गरी लगाउँदा पनि चश्मामा बाफ जम्मा हुने समस्या हुँदैन ।

-सधैं पहिले मास्क लगाउने र त्यसपछि मात्रै चश्मा लगाउनुपर्छ यसो गर्दा मास्कलाई चश्माले थिच्छ र बाफ चश्मामा बस्न पाउँदैन ।

-चश्मा लगाउनु भन्दा अघि त्यसलाई साबुनपानीले धोएर लगाउने र त्यसपछि मास्क लगाउने । यसो गर्दा पनि केही मात्रामा भए पनि बाफ कम बस्छ ।

चश्मा मास्क
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

एकराज परियारको उपचारका लागि सहयोग प्राप्त

एकराज परियारको उपचारका लागि सहयोग प्राप्त

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?

रगत बाक्लो हुँदा शरीरमा के हुन्छ ? कसलाई बढी जोखिम, कसरी बच्ने ?

रगत बाक्लो हुँदा शरीरमा के हुन्छ ? कसलाई बढी जोखिम, कसरी बच्ने ?