+
+
Shares
कविता :

अचम्मको रोग

शंकर अविवेकी शंकर अविवेकी
२०७९ साउन २७ गते ११:३४

भोकभोकै ढलिराछिन् कान्छी काकी यता

परदेशमा काकालाई नि दु:ख छ रे उता

काम पाए यतै आउने कुरा थियो उनको

हजुरबा नि थला छन् रे रोग छ रे दमको

राजनीति यस्तै रहेछ सबलाई फाप्ने पेसा

आज फेरि नयाँ पार्टी जन्मिएछ देशमा

कस्तो रोग लाग्यो कठै मेरो देशलाई

उद्योगधन्दा बन्द हुने पार्टी जन्मिने ।

रोजगारीको अभावमा तड्पिंदैछ भाइ नि

भोकभोकै मर्नु भन्दै चीत्कार गर्छे बहिनी

कुपोषणको सिकार भए मेरा आफ्नै मामा

छोरो आउने आशामा छिन् मेरी बुढी आमा

रेमिट्यान्सको लोभैलोभमा युवा बेचियो

आज फेरि देशमा एउटा पार्टी थपियो

कस्तो रोगले गाज्यो बरै  मेरो देशलाई

भोकभोकै जनता मर्ने नेता पाल्नुपर्ने ।

महंगीले डाडै काट्यो छैन नुन तेल

किसानले मल पाउँदैन कमिसनको खेल

सबैजना मिलेकै छन् जनताको ढाड सेक्न

सुकुम्बासी कराउँदैछ छैन जमिन टेक्न

मध्यरातमा सन्धि भयो स्वाभिमान बेचियो

आज फेरि सडकमा नयाँ  पार्टी देखियो

कस्तो रोगले  सतायो नि  मेरो देशलाई

देश बेच्दै नेता खाने जनता सुक्दै जाने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?