+

भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुँदैन

२०७९ भदौ  ५ गते १३:०६ २०७९ भदौ ५ गते १३:०६
भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुँदैन

‘भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुन्छ ।’ अहिले जनमानसमा यस्तै बुझाइ छ । खासगरी महिलाहरुले राति सुत्दा ब्रा तथा पेन्टी लगाउनु हानिकारक हुन्छ भनिंदै आएको छ । कतिपय अंग्रेजी-हिन्दी जर्नलहरुमा लेखिएको देखिन्छ, ब्रा लगाउँदा स्तन क्यान्सर हुन्छ ।

तर भित्री वस्त्रकै कारण क्यान्सर भएको कुरामा कुनै वैज्ञानिक आधार छैन । सन् २०१४ मा यसैसँग सम्बन्धित एउटा अध्ययन भएको थियो । उक्त अध्ययनमा १५ सय महिलालाई सहभागी गराइएको थियो । करिब १० वर्ष लगाएर गरिएको उक्त अध्ययनको निचोड थियो, स्तन क्यान्सर हुनुमा ब्राको कुनै सम्बन्ध छैन ।

सुत्दा भित्री वस्त्र लगाउनु हुन्न ?

राति सुत्दा भित्री वस्त्र लगाउने वा नलगाउने भन्ने कुरामा धेरै द्विविधा हुन्छ । यसो किन पनि भनिएको हुनुपर्छ भने भित्री वस्त्र कसिलो हुन्छ । कसिलो ब्रा र पेन्टी लगाएर सुत्दा असहज महसुस हुन सक्छ । यसले पक्कै पनि निद्रामा असर गर्न सक्छ । अर्थात् गहिरो निद्रा लिनमा बाधा हुन सक्छ ।

त्यसैगरी कसिलो लुगाले रक्तसञ्चार प्रणालीमा असर गर्छ । हाम्रो शरीरको छालामुनि पानी जस्तो तरल पदार्थ (लिम्फ) बगिरहेको हुन्छ । धेरै कसिलो र तार भएको ब्रा लामो समयसम्म लगाइरहँदा छालामा दबाब परेर लिम्फ राम्ररी बग्न नपाएर सुन्निने समस्या हुन सक्छ ।

यिनै कारण राति सुत्दा भित्री वस्त्र लगाउन उपयुक्त नहुने भनिएको हो ।

मासिक श्रावको बेला ब्रा लगाउनु हुन्न ?

मासिक श्रावको बेला पनि ब्रा लगाउनु उचित मानिंदैन । किनकि महिनावारीको समयमा महिलाहरूको हर्मोन परिवर्तन भएको हुन्छ । त्यो बेला स्तनको आकार बढ्ने दुख्ने हुन्छ ।  त्यसले गर्दा कसिलो ब्रा लगाउँदा दुखाइ झन् बढ्न सक्छ । त्यसैले ब्रा नलगाउँदा उचित हुन्छ । र, लगाउनै परे पनि धेरै कसिलो ब्रा लगाउनु हुँदैन ।

पेन्टीले पिसाब संक्रमण हुन्छ ?

पेन्टी लगाउँदा युरिन इन्फेक्सन हुने होइन । यदि पेन्टी सफा छैन भने चाहिं युरिन इन्फेक्सन जस्तो समस्या हुन्छ । पेन्टीको कारणले भन्दा पनि सफा नगरिएको पेन्टी लगाउँदा समस्या हुन सक्छ ।

(डा. कर्णसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

क्यान्सर भित्री वस्त्र
लेखक
डा. अम्बुज कर्ण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ