+
+

नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छौं : जीसीटीपी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते ९:१३

७ भदौ, काठमाडौं । ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जीसीटीपी) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन् ।

जीसीटीपी अधिकारीहरुले सोमबार सभामुख सापकोटासँग सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेका थिए । भेटमा विश्व शान्ति र सहिष्णुता क्षेत्रमा काम गर्न विश्वका ९० बढी देश संलग्न जीसीटीपीका वर्तमान अध्यक्ष अहमद अल जरवानले भने, ‘शान्ति र सहिष्णुताको संस्कार सबैले अंगिकार गर्नु आवश्यक छ, यसका लागि हामीले नेपालको शान्ति प्रक्रियाबाट धेरै सिक्नु छ ।’

अध्यक्ष जरवानले नेपालको शान्ति स्थापनाको राम्रो उदाहरण रहेको र विविधताबीच एकता कायम रहेको कुराले विश्वका धेरै देशका सांसदलाई नेपाल आउन प्रेरित गरेको बताएका थिए । टोलीले नेपालमा निकट भविश्यमा ग्लोबल कन्फरेन्स गर्ने इच्छा व्यक्त गरेको थियो ।

भेटमा सभामुख सापकोटाले नेपालमा शान्ति प्रक्रियाका धेरै विषय टुंगिएको र केही बाँकी रहेको जानकारी गराउँदै सभामुख सापकोटाले यहाँको शान्ति स्थापनामा भएका उत्तम अभ्यासहरु विश्वका लागि महत्वपूर्ण हुन सक्ने धारणा राखे ।

यसैबीच नेपालको संघीय संसद र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस -जीसीटीपी)बीच विश्व शान्ति र सहिष्णुताका लागि सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार अपराह्न संघीय संसद भवनको लोत्से हलमा आयोजित नेपालको तर्फबाट प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जीसीटीपीका तर्फबाट जोरान इल्लियोभोस्कीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?