९ भदौ, काठमाडौं । प्रहरीले हराएको नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका-१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २३ वर्षीय बिनी बहादुर कार्की रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्कीले पीडित सन्दीप न्यापानेको नाममा जिल्ला प्रशासन कार्यालय पर्वतबाट जारी गरेको नागरिकता दुरूपयोग गरी कल्याण सेवा प्रालि नामक जब सेन्टर सञ्चालन गर्दै आएको प्रहरीको दाबी छ ।
पक्राउ गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको हो ।
प्रतिक्रिया 4