+
+

नाम र कागजपत्रको दुरुपयोग भएको विषयमा छानबिनको माग गर्दै आर्यन र केकी पुगे सीआईबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १४:२६

काठमाडौं । कलाकारको आवरणमा विदेशमा मानव तस्करी प्रकरणमा आफ्नो नाम मुछिएपछि अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र निर्देशक दीपक आचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् ।

आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै त्यसमा संलग्न दोषीलाई कानुनी कारवाहीको माग गर्दै उनीहरु कार्यालयमा आएको सीआईबीका प्रवक्ता एसपी कमल थापाले जानकारी दिए ।

फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो ।

लगत्तै केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए । आजै बेलुकासम्म ब्युरोमा निवेदन दिने तयारीमा आफूहरु रहेको आर्यनले अनलाइनखबरलाई जानकारी दिए । आर्यनसहितका कलाकारको राहदानी लगेर दिल्ली पुगेका पराजुली अहिले सम्पर्कबिहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?