+
+

यस्तो छ कफीको इतिहास

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १६:१७

१४ भदौ, काठमाडौं । विश्वमा रहेक दिन २ अर्ब कप भन्दा धेरै कफी पिइन्छ । केबल बेलायतमा मात्रै दैनिक साढे नौ करोड कप कफीको प्रयोग हुन्छ । बेलायतमा बिहान देखि बेलुकासम्म उत्तिकै मात्रामा कफी खपत हुन्छ । तर आजभन्दा साढे ४ सय वर्षअघि पश्चिम युरोपमा सायदै कसैले कफीको नाम सुनेको थियो ।

कफीको इतिहास इथियोपियासँग जोडिएको छ । त्यहाँका जंगलमा यसका विरुवा निकै तिव्र गतिले हुर्किन्छन् । तर विस्तारै मानिसहरुको ध्यान यसतर्फ मोडियो ।

मानिसहरुले विस्तारै थाहा पाए कि यो सुख्खा फललाई भुटेर पिँधेपछि यसलाई पिउने काममा प्रयोग गर्न सकिन्छ । अनि यो पेय पदार्थको तलतली पनि लाग्छ भन्ने कुरा मानिसहरुले थाहा पाए । विस्तारै कफी पिउनेहरुमा यसको चर्चा बढ्न थाल्यो ।

पश्चिमी देशहरुमा कफी पिउनेहरुले यसको स्वाद मन पराउन थाले र यो चिज व्यापारका लागि पनि सम्भाव्य छ भन्ने ठहर गरे । त्यसबेला मानिसहरुले वाइन तथा वियर पिउँथे । तर व्यापारिक तथा अन्य गहन छलफलमा मदिराजन्य पेय पदार्थ खासै उपयुक्त थिएनन् । किनकी व्यवसायिक छलफलका क्रममा दिमाग नितान्त सफा हुनु पर्दछ । यद्यपि यस विषयमा मतभिन्नता थियो ।

कफीलाई यमको डाइट ड्रिक पनि भनिन्थ्यो जसलाई भूतहरुले मरेका मानिसका खप्पतरमा राखेर पिउँथे अरे ।

पहिलो कफी हाउस

बेलायतको अस्फोर्डमा सन् १६५१ मा विश्वकै पहिलो कफी हाउस खुलेको थियो । त्यसपछि लण्डनमा पनि कफी हाउस खोलियो । त्यसपछि त कफी हाउस पोर्टो क्लब जस्तै बने ।

त्यसबेलासम्म हरेक प्रकारका मानिसका लागि कफी क्लब खुलेका थिए । बैंकर, व्यापारी देखि लिएर साहित्यकारहरु सम्मका लागि कफी अड्डा खुलेका थिए । कफी अड्डाहरुमा निकै चर्को राजनीति पनि हुन्थ्यो । कफी हाउसहरुले त्यहाँ आउने ग्राहकले पढुन् भनेर जर्नल तथा अखबार पनि खरीद गरेर राखिदिन्थे ।

त्यसैले तत्कालीन बेलायती राजा चाल्र्स द्धितीयले देशद्रोहलाई बढावा दिएको आरोप लगाएर ती कफी अड्डाहरुमाथि प्रतिबन्ध लगाउने कोसिस गरे ।

त्यसबेला केबल एक पेनी मूल्यमै एक कप कफी पाइन्थ्यो । त्यसैले कफी हाउसहरुलाई पेनी युनिभर्सिटी पनि भनिन्थ्यो ।

त्यसबेलासम्म महिला अधिकार बहाल भएको थिएन । त्यसैले ती कफी अड्डाहरु पनि केबल पुरुषहरुका लागि मात्र थिए । जसका कारण कफी त्यसबेला पुरुषहरुको पेय पदार्थको रुपमा चिनिन्थ्यो । ऋहिलेपनि महिलाहरुले भन्दा पुरुषले कफी बढि पिउँछन् ।

कॉफी हाउस

यद्यपि कफीसँगै विवाद पनि जोडिएको थियो । कुनैपनि नयाँ तथा विदेशी चिजका लागि जुन डर हुन्थ्यो त्यो कफीसँग पनि जोडिएको थियो ।

कफीमाथि सबैभन्दा ठूलो आरोप सन् १६७४ मा लाग्यो । त्यतिबेला कफीले नपुंशकता ल्याउने अफवाह चल्यो । जबकि केही मानिसको दाबी यसको ठीक उल्टो थियो । कफीले पुरुषत्वमा बढाउने उनीहरुको जिकिर थियो ।

कफीको स्वाद अहिलेपनि कतिपय मानिसहरुलाई राम्रो लाग्दैन । तर बेलायतमा यसलाई दुध तथा चिनीसँग मिलाएर पिउने चलन सुरु भयो, चिया जस्तै । अनि त्यस प्रकारले कफी पिउने प्रचलन बढ्न थाल्यो ।

१८ औँ सताब्दीसम्म यो बेलायती जिवनशैलीमा राम्रोसँग स्थापित भयो । त्यसपछि यो कफी हाउसबाट निस्किएर मानिसहरुको घरघरसम्म पुग्यो र यसलाई दिनको भोजनपछिको पेय पदार्थको रुपमा बढावा पायो ।

१९ औँ सताब्दीसम्म कफीको स्वाद निकै खराब हुन्थ्यो । तर यहीँ बेला इटालीले एस्प्रेसो मेसिनको आविष्कार गर्यो । यो मेसिनले पानीमा भारी दबाब पाथ्र्यो र त्यो दबाबयुक्त पानी कफीका बिउ हुँदै पार हुन्थ्यो । यो कफीलाई भिजाउने र छान्नेभन्दा निकै उन्नत प्रक्रिया थियो । त्यसपछि यसलाई घण्टौसम्म तातो राख्न सकिन्थ्यो । त्यसपछि इटालीको कफी संस्कृति आफ्नो भविष्यमूखी तथा चम्किलो मेसिनसँगै फैलिन थाल्यो ।

यस प्रकार धेरै मेहेनत बिना नै पूरै पश्चिमी जगतमा कफीको सुगन्ध फैलिन थाल्यो । कफी प्रयोग गर्ने नियम पनि बन्न थाल्यो । जस्तै दिउसोको खाना अर्थात् लंच पश्चात् कहिल्यैपनि क्यापुचिनो कफीको प्रयोग नगर्ने ।

विभिन्न खालका कफी

पछिल्लो २० वर्षको दौरान विश्वमा विभिन्न खालका कफीहरु आएका छन् । त्यसमा लंग फ्लेवर अमेरिकन कफीपनि सामेल छ । एन्टिपोडियन फ्लाट ह्वाइट जस्ता विभिन्न किसिमका कफी पनि आए ।

कफी पिउने तौरतरिका पनि बदलिएको छ । मानिसहरु अहिले कफीको कप हातमा लिएर गल्लीमा घुम्दै कफी पिएको देख्न सकिन्छ ।

कफी संस्कृतिमा यस्ता नयाँ नयाँ तरिकाहरु आएका छन् जसले सबैभन्दा नयाँ तरिका कुन हो भनेर ठम्याउनै गाह्रो पर्दछ । वास्तवमा कफी एक नयाँ फेशन बनेको छ ।

पछिल्लो साढे ४ सय वर्षमा समाज तथा कफी दुबै निकै अगाडि बढेका छन् । तर एक चिज बदलिएको छैन, त्यो हो कफीको लोकप्रियता ।

कफी मानिसहरुको एक आसपमा घुलमिल हुने माध्यम बनेको छ । अहिलेपनि कफी पिउने पिलाउने कार्यलाई निकै कूल मानिन्छ । बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?