+

दोस्रो बच्चा कहिले ?

२०७९ भदौ  १७ गते १०:२९ २०७९ भदौ १७ गते १०:२९
Shares
दोस्रो बच्चा कहिले ?

काठमाडौं । महिलाको हकमा २० वर्ष पुगेपछि विवाहका लागि योग्य मानिन्छ । भनिन्छ नि, ‘बीस वर्ष पारि, बिहेवारी ।’

मानसिक एवं शारीरिक परिपक्वताको हिसाबकिताब गरेरै विवाहको उमेर तय गरिएको हो । स्वभाविक हो, विवाहपछि दम्पतीले सन्तानको योजना बनाउँछन् । गर्भधारणका लागि दम्पतीको उमेरले पनि खास अर्थ राख्छ ।

 ३५ वर्षपछि गर्भधारण गर्नु त्यति उचित हुँदैन । किनभने यतिबेला एकातिर महिलामा गर्भ नरहने सम्भावना बढ्छ, अर्कोतिर पुरुषको शुक्रकीट कमसल हुँदै जान्छ । त्यसैले महिलाको हकमा ३५ वर्षअघि नै गर्भधारण गर्नु उचित हुन्छ ।

दोस्रो सन्तानको योजना

२५-२६ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी आमाले दोस्रो सन्तान कुन उमेरमा जन्माउने त ? विगतमा एउटा नारा नै थियो, ‘दोस्रो बच्चा कहिले, दोस्रो स्कुल जान्छ जहिले ।’ अर्थात् पहिलो बच्चा हुर्किसकेपछि मात्र दोस्रो बच्चा जन्माउनुपर्छ भन्ने थियो । तर के यो महिलाको प्रजनन् स्वास्थ्य, परिवारको आर्थिक व्यवस्थापन, बच्चाको सामाजिक जीवनको हिसाबले उपयुक्त थियो ?

सन्तान जन्माउँदा महिलाले आफ्नी सन्तानको साथै आफ्नो उमेर पनि ख्याल गर्नुपर्छ । गर्भधारणको लागि २० वर्षपछि र ३५ वर्षअघिको  समय उपयुक्त हुन्छ ।

२० वर्षपछिको उमेर स्वास्थ्यको हिसाबले मात्र नभएर आर्थिक र सामाजिक हिसाबले पनि उपयुक्त हुन्छ । यसबेला महिलाले प्रजनन् स्वास्थ्य, प्रजनन् अधिकारबारे पनि बुझिसकेका हुन्छन् । महिलाहरुको प्रजनन स्वास्थ्यको कोणबाट हेर्ने हो भने २० वर्षपछि उनीहरु आमा बन्न योग्य हुन्छन् । यद्यपि पढाइ, करियर अन्य जिम्मेवारीका कारण यही उमेरमा विवाह हुन्छ वा गर्भधारण हुन्छ भन्ने हुँदैन । ३० वर्ष नबित्दै विवाह गरेकी महिलाले तीन वर्षको अन्तरमा बच्चा जन्माउन उपयुक्त हुन्छ ।

दोस्रो सन्तानको आवश्यकता

पहिलो बच्चा जन्मिएको तीन वर्षपघि दोस्रो सन्तान जन्माउनु उचित हुने राय दिन्छन् । उनका अनुसार पहिलो सन्तान जन्मिएको दोस्रो वर्षमा दम्पतीले अर्को बच्चाका लागि योजना बनाउनु उचित हुन्छ ।

अहिले बच्चाहरुलाई अढाइ-तीन वर्षमा विद्यालय पठाइन्छ, यस हिसाबले पहिलो बच्चा विद्यालय जान थालेपछि दोस्रो बच्चा जन्माउनु भनिएको हो ।’ यो जन्मान्तर सामाजिक, मानसिक, व्यावहारिक सबै हिसाबले सही  छ ।

जन्मान्तर बढी भएमा

पहिलो सन्तानपछि जन्मान्तर बढी राखेमा स्वास्थ्य जटिलता आउन सक्ने कुरा भ्रम भएको डा. साह बताउँछन् ।  एउटा सन्तान जन्मिएपछि अर्को सन्तान यही उमेरमा जन्माउनुपर्छ भन्ने भ्रम भएको उनको भनाइ छ । जन्मान्तर बढी राखेमा कुनै जटिलता आउँदैन । यद्यपि यसमा महिलाको उमेर बढी छ भने बच्चामा समस्या आउन सक्छ ।

महिलाको उमेर जति जति बढ्छ त्यति नै अण्डको गुणस्तरमा कमी आउने हुँदा गर्भ रहन गाह्रो हुन्छ । गर्भ रहे पनि खेर जान सक्ने र आमामा पनि गर्भावस्थामा जटिलताको थपिन सक्छ ।

सन्तान उत्पादनमा महिलाको उमेर बढी महत्वपूर्ण

उमेर बढ्दै गएपछि जसरी महिलाको अण्डको गुणस्तर कमजोर हुँदै जान्छ, उसैगरी पुरुषको शुक्रकीटको गुणस्तर पनि कमसल हुँदै जान्छ । यद्यपि स्वस्थ बच्चाका लागि पुरुष भन्दा पनि महिलाको उमेरले खास अर्थ राख्छ । किनभने एकपटक शारीरिक सम्पर्क हुँदा पुरुषबाट असंख्यौं शुक्रकीट निस्कन्छ । त्यसमध्ये सबैभन्दा बलियो वा तगडा शुक्रकीट महिलाको अण्डमा निषेचित हुन्छ । यसरी पुरुषको उमेर बढ्दै गए पनि र शुक्रकीट गुणस्तर कमजोर हुँदै गए पनि त्यसमध्ये सबैभन्दा बलियो शुक्रकीट महिलाको अण्डमा निषेचित हुने हो । तर महिलाको हकमा एउटा मात्र अण्ड उत्पादन हुने भएकाले उनीहरुको त्यो यदि कम गुणस्तरको भए बच्चामा समस्या देखिन सक्छ  ।

बढी उमेरको महिलाको अण्ड र क्रोमोजोमको गुणस्तर नहुन पनि सक्छ ।  पुरुषमा  शुक्रकीटको संख्या बढी हुने र तीमध्ये पनि  एउटा बलियो शुक्रकीटले निषेचन गराउन सक्ने, तर महिलाको भने अण्ड एकै हुने हुँदा महिलाको उमेरलाई महत्व हेरिएको हो ।

जन्मान्तर
डा. श्वेता सिंह
लेखक
डा. श्वेता सिंह
प्रसूति तथा स्त्रीरोग एवं नि:सन्तानपन विशेषज्ञ

डा. सिंह हाल ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । नि:सन्तानपन तथा प्रजनन् स्वास्थ्यमा फेलोसिप गरेकी छन् ।  उनको मेडिकल काउन्सिल दर्ता नम्बर ७८९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय