+
+

मोरङमा एकैदिन दुईजनामाथि सामूहिक बलात्कार, तीन पक्राउ, चार फरार

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ १८ गते १२:२३
साङ्केतिक तस्वीर

१८ भदौ, विराटनगर । मोरङका दुई वेग्लावेग्लै स्थानमा बिहीबार राति दुई महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामूहिक बलात्कार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ जनाले सामूहिक बलात्कार गरेका थिए ।

केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको छ ।

राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । युवक भने उम्किएर भागेका थिए भने किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले बताएको छ ।

सो समूहबाट भागेका युवकले गाउँमा गएर होहल्ला गरेपछि किशोरीलाई नियन्त्रणमा लिएर करणी गर्नेहरू भागेको डीएसपी श्रेष्ठले बबताए ।

कुटपिटबाट युवक र युवतीको टाउको र अनुहारमा चोट लागेको छ । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै दुवैजनाको घाउ जाँच गराइसकेको छ ।

पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको डीएसपी श्रेष्ठले अनलाइनखबरलाई बताए ।

राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो ।

घटनामा संलग्न भएको आरोपमा जहदा–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि करण सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?