+
+

पाकिस्तानको आश्रय शिविरहरूमा ४७ हजार भन्दा बढी गर्भवती महिलाहरू

गत अगस्ट ३० मा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६ लाख ५० हजार गर्भवती महिलाहरू रहेको र जसमध्ये ७३ हजार जना यस महिनामा सुत्केरी हुन लागेको उल्लेख जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १७:४२
Photo Credit : AFP

१९ भदौ, इस्लामाबाद । पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजार भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् ।

स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन् ।

सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् ।

उनले बाढीपहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन् । सो प्रान्तमा १ लाख ३४ हजार भन्दा बढी झाडापखाला र ४४ हजार  मलेरियाका घटनाहरू रिपोर्ट गरिएको छ ।

गत अगस्ट ३० मा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६ लाख ५० हजार गर्भवती महिलाहरू रहेको र जसमध्ये ७३ हजार जना यस महिनामा सुत्केरी हुन लागेको उल्लेख जनाएको छ।

बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन् भने १०० भन्दा बढी सर्पदंश र ५०० भन्दाबढी कुकुरको टोकाइबाट पीडित भएको डन अखबारले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघ एजेन्सीले महिला र केटीहरू लैङ्गिक-आधारित हिंसाको बढ्दो जोखिममा रहन सक्ने चेतावनी जारी गरेको छ । किनकि बाढीबाट करिब १० लाख घरहरू क्षतिग्रस्त भएका छन् र विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन् ।

पाकिस्तानले यस वर्ष अभूतपूर्व बाढीको सामना गरेको छ जसले देशका करिब तीन करोड तीस लाख मानिसहरूलाई असर गरेको छ भने दशौं हजार मानिसहरूलाई विस्थापित गरेको छ।

स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाका घटनाहरू रिपोर्ट गरिएका छन् ।

त्यस्तै यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेको तथ्याङ्कले देखाएको छ । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?