+

गर्भधान संस्कार : जब सन्तानको योजना बनाउँछन् दम्पती

२०७९ भदौ  २६ गते १७:५२ २०७९ भदौ २६ गते १७:५२
गर्भधान संस्कार : जब सन्तानको योजना बनाउँछन् दम्पती

काठमाडौं । पूर्वीय दर्शनले मानव जीवनका लागि आवश्यक १६ संस्कारको व्याख्या गरेको छ । यसैमध्येको एक हो, गर्भाधान संस्कार ।

जब कुनै दम्पतीले सन्तानको योजना बनाउँछन्, तब उनीहरुले निश्चित विधि विधान पूरा गर्नुपर्छ भनिएको छ । यसअन्तर्गत दम्पतीको खानपान, शारीरिक स्वच्छता, भावनात्मक स्थिति, समय र स्थानलाई निर्देशित गरिएको छ ।

यसरी विधिपूर्वक गर्भधारण गरिएर जन्माएका सन्तान सुयोग्य हुने कुरा गरिएको ज्योतिषी शिवराज रेग्मी बताउँछन् । शरीर विज्ञानको कसीमा गर्भधान संस्कार कति तर्कसंगत छ ?

प्रजनन् स्वास्थ्यले भन्छ, निरोगी एवं कुनै पनि दोषरहित बच्चा जन्माउनका लागि बुवाको शुक्रकीट र आमाको डिम्ब स्वस्थ हुनुपर्छ । अतः यसका लागि खानपानको पनि खास भूमिका हुन्छ । विभिन्न मेडिकल जर्नलमा उल्लेख भएअनुसार पुरुष शुक्रकीट बढाउनमा सही र सन्तुलित आहारको खास भूमिका हुन्छ ।

गर्भधान सस्कारले यही कुरालाई प्रष्ट रुपमा निर्देश गरेको छ, यस समयमा दम्पतीले शुद्ध, सात्विक र ताजा भोजन गर्नुपर्छ ।

स्मृति संग्रहमा गर्भधानबारे बताउँदै लेखिएको छ–

आहाराचारचेष्टाभिर्यादृशोभिः सान्वितौ ।

स्त्रीपुंसौ समुपेयातां तयोः पुतोडपि तादृशः ।।

अर्थात् यस क्षणमा दम्पतीले जस्तो आहार गर्छन्, त्यसको प्रभाव उनीहरुको गर्भमा पनि रहन्छ । ‘त्यसैले सुयोग्य सन्तान जन्माउन सही खानपान एकदमै जरुरी हुन्छ,’ ज्योतिषी रेग्मी भन्छन्, ‘किनभने खानाको गुण बच्चाको शरीर र स्वभावमा सामेल हुन्छ ।’

निषेकाद् बैजिकं चैनो गार्भिकं चापमृज्यते ।

क्षेत्रसंस्कारसिद्धिच्श्र गर्भाधानफलं स्मृतम् ।।

विधिपूर्वक गर्भाधान गर्दा राम्रो सन्तान पैदा हुन्छ । यसले बीज अर्थात् शुक्राणुसम्बन्धी दोष नष्ट हुन्छ र गर्भ सुरक्षित हुन्छ ।

‘शारीरिक सम्पर्कअघि दम्पती तन, मनले स्वच्छ हुनुपर्छ भनिएको छ,’ ज्योतिषी रेग्मी भन्छन्, ‘शारीरिक सरसफाइ पनि यतिबेला उत्तिकै जरुरी हुने उल्लेख छ ।’ खासगरी यौन तथा प्रजनन् स्वास्थ्यमा ध्यान दिनुपर्ने उनी बताउँछन् । यसैगरी यस क्षण मानसिक रुपले दम्पती प्रसन्न, उत्साहित र उत्सुक हुनुपर्छ । कामुकता, क्रोध, आवेग जस्ता मनोविकारबाट मुक्त भएको हुनुपर्छ । गर्भधान संस्कारले तन र मनको स्वच्छता उनको आहार, आचार, व्यवहारमा निर्भर हुने कुरा बताएको छ ।

गर्भधान संस्कारमा दम्पतीले शारीरिक सम्पर्क गर्दा सही समयको छनोट गर्नुपर्ने ज्योतिषी रेग्मी बताउँछन् । खासगरी महिलाको मासिक श्राव भएको अवधिलाई गणना गरेर १६ दिनमा गर्भधारण गर्नु उचित हुने बताइएको छ । ‘पञ्चमी, एकादशीको दिनमा गर्भधान गर्दा शुभ मानिन्छ,’ उनी भन्छन्, ‘यस्तै गर्भधानका लागि शुक्रबार, बिहीबार, बुधबार र सोमबार उपयुक्त हुने बताइन्छ ।’

कुनै पनि शारीरिक समस्या वा भय, क्रोध, चिन्ता जस्तो मानसिक पीडाको अवस्थामा गर्भधान गर्न नहुने उक्त संस्कारमा उल्लेख छ । त्यसो त चिकित्सा विज्ञानले आमाको मानसिक अवस्थाले गर्भको बच्चामा प्रभाव पार्ने बताइएको छ । आमाको मनोभाव अनुरुप नै गर्भको बच्चाको स्वभाव विकास हुने उल्लेख छ ।

‘यसैगरी सन्तानको योजना बनाएर शारीरिक सम्बन्ध बनाउँदा धेरै कामुक र उत्तेजित हुन नहुने भनिएको छ,’ ज्योतिषी रेग्मी भन्छन्, ‘उक्त संस्कार अनुसार यतिबेला दम्पती संयमित र सचेत हुनुपर्छ ।’

पूर्वीय दर्शन अनुसार गृहस्थी जीवनमा प्रवेश गरेपछिको पहिलो कर्तव्यको रुपमा गर्भधान संस्कारलाई लिइएको छ । सामान्यतः २५ देखि ३० वर्षको उमेरलाई गृहस्थी जीवनका लागि योग्य मानिएको छ । अतः यस अवधिमा नै दम्पतीले गर्भधानका लागि योजना बनाउनुपर्ने उल्लेख गरिएको छ ।

यौन तथा प्रजनन् स्वास्थ्यको हिसाबले पनि सन्तान पैदा गर्न यही उमेर अवधिलाई सही मानेको छ । खासगरी महिलाको हकमा ३६ वर्ष भन्दा कम उमेरमै गर्भधान गर्नु उचित हुने बताइन्छ । किनभने यतिबेला महिलाको डिम्ब स्वस्थ हुने भएकाले गर्भमा हुर्कने बच्चा शारीरिक एवं मानसिक रुपमा निरोगी हुन्छ ।

गर्भाधान सन्तान
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?