+
+

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १३:१८

२८ भदौ, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ६०० र तेजावी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?