+
+

रिलिजको एकसाता पहिल्यै मल्टिप्लेक्सले खुलाए ‘प्रेमगीत ३’को अग्रिम बुकिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १८:४३

काठमाडौं । फिल्म रिलिज हुन सात दिन बाँकी रहँदै नेपाली मल्टिप्लेक्स हलहरुले ‘प्रेमगीत ३’को अग्रिम बुकिङ खुला गरेका छन् ।

क्यूएफएक्स बाहेकका हलहरु एफक्यूब, आईएनआई, सिने द सेफ लगायतले अग्रिम बुकिङ खुलाएका हुन् । क्यूएफएक्स र बिग मुभिजले केही दिनमै नेपाली संस्करणको बुकिङ खुलाउने जनाएका छन् ।

असोज ७ गते नेपालमा ‘प्रेमगीत ३’को नेपाली र हिन्दी संस्करण एकैसाथ प्रदर्शन हुने तयारीमा छन् । यसअघि तेलुगू फिल्म ‘केजीएफ २’को अग्रिम बुकिङ पनि एकसाता रिलिज बाँकी रहँदै खुलाइएको थियो ।

एफक्यूबले ६ शो तथा आईएनआई ल्होत्से र बुटवलस्थित हलमा गरी ६ शो दिएको छ । सिने द सेफले पनि ६ शो दिएको छ ।

‘कबड्डी ४’पछि सुस्ताएको नेपाली फिल्म बजारलाई ‘प्रेमगीत ३’ ले चलायमान बनाउने अपेक्षा हल सञ्चालकले गरेका छन् । निर्माता सन्तोष सेनले बुकिङ खुलाएसँगै अब आफूहरु रिलिजको तयारीमा जुटेको बताए ।

आईएनआईका प्रबन्ध निर्देशक सुरेन्द्र थापाले पनि ‘प्रेमगीत ३’ को बुकिङलाई लिएर दर्शकले सोधखोज गरिरहेको जनाए । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङको प्रमुख भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?