+
+
Shares

भिरबाट लडेर हुलाकका कर्मचारीको मृत्यु

अनिल खत्री अनिल खत्री
२०८३ असार ८ गते २०:११

८ असार, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जना हुलाकका कर्मचारीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१२ का ३१ वर्षीय भेषबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

उनी जिल्ला हुलाक कार्यालय तम्घासमा कार्यालय सहयोगीमा कार्यरत थिए ।

मृतक खत्री खड्कदेवी मन्दिरमा दर्शन गर्न जान्छु भन्दै घरबाट निस्किएका थिए । आइतबार घरबाट हिँडेका खत्री बेलुकासम्म घर नफर्किएपछि परिवारजनले खोजतलास गरेका थिए ।

खोजीका क्रममा आइतबार राति बुढीघिर्मीमा बाटोबाट करि १५० मिटर तल खसेर अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ,

त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ३७ नम्बरको टोली उद्धारमा गएको थियो । त्यहाँबाट उद्धार गरेर जिल्ला अस्पताल तम्घास पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?