
३ असोज, काठमाडौं । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ ।
कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका थिए । १० वर्ष जेल बसेका उनी केही वर्षअघि मात्र थुनामुक्त भएका थिए ।
गोलीकाण्ड पुरानो घटनासँग जोडिएको हुनसक्ने प्रहरीको आशंका छ । उनले तीन दिनअघि मात्र सुरक्षा माग गर्दै जम्बुडाँडा प्रहरी चौकीमा निवेदन दिएका थिए ।
पीडित परिवारले भने प्रहरीले गम्भीर रुपमा नलिएका कारण घटना भएको गुनासो गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4