+
+

‘बाबरी’ हेर्न अदिती र धीरजले ६ सहरमा दर्शकलाई आग्रह गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १६:५६

काठमाडौं । अदिती बुढाथोकी र धीरज मगर स्टारर रोमान्टिक ड्रामा ‘बाबरी’ले मोफसलमा प्रवर्द्धन अभियान थाल्ने भएको छ । असोज ५ गते बिर्तामोडदेखि सुरु हुने प्रचार दौडाहा ६ सहरमा हुने भएको छ ।

निर्देशक सुरेन्द्र पौडेलले संगीत र ट्रेलरमार्फत प्राप्त फिडब्याकलाई अझै जीवन्त तुल्याउन मोफसल टुर गर्न लागिएको बताए । असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटवल र ९ गते पोखरामा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम छ ।

९ गतेबाट १२ गतेसम्म काठमाडौंमा प्रचार अभियान चल्नेछ । उपत्यकामा कन्सर्टहरुको आयोजना गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मले संगीतमार्फत हाइप बटुलेको छ ।

फिल्ममा अदिती र धीरज मगरसहित धीरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलीप गुरुङको अभिनय छ ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्म निर्माण गरेका हुन । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?