+
+
‘अवतार’ निर्देशक जेम्स क्यामरुनसँग संवाद :

‘अवतारले भोट हाल्न जानुस् भन्दैन, हामीले के गुमाउँदैछौं भनेर मात्र सम्झाउँछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १४:५४

न्युयोर्क । सन् २००९ मा पप-कल्चर परिदृश्य अहिलेभन्दा भिन्न देखिन्थ्यो । टेलिभिजन कार्यक्रमहरु धेरै हदसम्म टीभीमै हेरिन्थ्यो । टिकटकले गायिका केशाका चर्चित गीत रिलिज गरेको थियो भने अघिल्लो वर्ष मार्बल सिनेम्याटिक युनिभर्सका दुई हिट फिल्म मात्र रिलिज भएका थिए ।

मल्टिप्लेक्सहरु महाकाव्यजस्तै लाग्ने जेम्स क्यामरुनको विज्ञान कथा ‘अवतार’लाई देखाएर प्रभुत्व जमाउन चाहन्थे । जुन फिल्ममा काल्पनिक पाण्डोरा ग्रहको प्राकृतिक स्रोत कब्जा जमाउन पृथ्वीबाट पुगेका मानिस र उक्त ग्रहका आदिवासी मानिसबीचको लडाईं चित्रण छ ।

यसरी ‘अवतार’ हाम्रो समयको सबैभन्दा सफल फिल्म बन्न पुग्यो जसले २.८ बिलियन डलर कमायो भने तीनवटा एकेडेमी अवार्ड पनि जित्यो । टाइटानिक, ट्रु लाइज र द टर्मिनेटरका विश्वचर्चित निर्देशक क्यामरुन अवतारका अन्य श्रृंखला निर्माणमा जुटे । फिल्मको दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ प्रदर्शन तयारीमा छ । अवतार रिलिजको १३ वर्षपछि पृथ्वीमा ठूला परिवर्तन आएका छन् ।

सन् २००९ मा दर्शकलाई चकित पार्ने उद्देश्यले अवतार थ्रीडी फर्म्याटमा रिलिज भएको थियो । दर्शकलाई पुनः परिचित गराउने उद्देश्यले शुक्रबार फिल्म पुनः रिलिज हुँदैछ । यो एक रणनीति हो । निःसन्देह टिकट खरिदकर्तालाई लक्षित गरिएको हलिउड शैली । फलोअप र उनीहरुलाई पहिलो भागमा के कथा भनिएको थियो भन्ने बारेमा सम्झाउन पनि ।

निर्देशक क्यामरुनले बिहीबार एक भिडियो अन्तर्वार्तामा अवतारबारे भनेका छन्, ‘हामीले ठूलो पर्दाको अनुभव बटुल्न यो फिल्म बनायौं । तपाईंले मानिसलाई गुलाबको सुवास दिनुभयो । तपाईंले मानिसलाई सवारीको रोमाञ्चक अनुभव दिलाउनुभयो । यदि तपाईं एउटा सुन्दर कोरल चट्टानमा उडानको दृश्य वा पानीमुनि खिच्दै हुनुहुन्छ भने तपाईंले दृश्यलाई लामो समय समातिराख्नुस् । म चाहन्छु कि पात्रसँगै मानिसहरु मानिसहरु त्यहाँ पुगुन् र आफूलाई महसुस गरुन् ।’

न्युजिल्याण्डको वेलिङ्टनमा रहेको आफ्नो स्टुडियोबाट फोन गर्दै ६८ वर्षीय निर्देशक क्यामरुनले नयाँ आँखाबाट अवतार हेर्नेदेखि लिएर संसारमा कस्तो परिवर्तन आएको छ भन्ने बारेमा कुरा गरेका छन् । यहाँ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

के तपाईंले मूल ‘अवतार’ हेर्नुभयो ? त्यो अनुभव कस्तो थियो ?

यो हेर्न पाउँदा मलाई पूर्ण रमाइलो महसुस भयो । केही साताअघि मैले बच्चाहरुसँग पूर्ण रुपमा मास्टरिङ गरिएको संस्करण हेरेको थिएँ । किनभने तिनीहरुले यसलाई स्ट्रिमिङ वा ब्लू रेमा मात्र हेरेका थिए ।

‘ओ ओ त्यो फिल्म जसलाई हाम्रा बुवाले बनाउनुभएको थियो,’ उनीहरुले यसलाई राम्रो प्रकाशको स्तरमा हेर्ने मौका पाएका थिए । अब भने फिल्मलाई आमप्रतिक्रिया मिल्ने अवसर छ । युवा फ्यानले फिल्मलाई हलमा हेर्ने मौका पाएका थिएनन् । उनीहरुले फिल्म हेरेका छौं भन्ने लाग्छ भनेपछि उनीहरुले यो हेरेका छैनन् । म आफै छक्क छु कि रि-मास्टर्ड गरिएपछि यो फिल्म कति सुन्दर भएको छ भनेर ।

हामीले चीन, उत्तरी युरोप र अमेरिकामा तातो लहर खेप्यौं भने पाकिस्तानमा बाढी देख्यौं । अन्ततः हामी परिवर्तन हुनेछौं र हामी मर्नेछौं । अवतारले तपाईंलाई विशेष रुपमा के गर्ने भनेर बताउन खोजेको छैन । यसले तपाईंलाई जानुस् र भोट हाल्नुस्, चीज बर्गर खानुस् भनेर भन्दैन । यसले हामीले के गुमाउँदैछौं भनेर सम्झाउने मात्र हो ।

तपाईंले फिल्ममा केही देख्नुभयो, जसलाई परिवर्तन गर्न सकिन्छ भन्नेबारेमा ?

मलाई त्यस्तो लाग्दैन । यो यस्तो एक गहन प्रक्रिया हो । जब तपाईं फिल्म सम्पादन गर्दै हुनुहुन्छ र तपाईंले फिल्मको प्रत्येक फ्रेमको लागि लड्नुपर्छ । मलाई त्यसबेला गरिएका रचनात्मक निर्णयबारे धेरै राम्रो लाग्यो । हामीले यो प्रक्रियालाई सुधार्न लामो र धेरै मेहनत गर्‍यौं । पक्कै पनि त्यहाँ कुनै डरलाग्दो कुरा छैन । अनुहारको प्रस्तुतिमा हामीले नयाँ फिल्ममा चम्किला दृश्य देख्न सक्छौं । यसले तपाईंलाई बोर हुन दिंदैन । मलाई लाग्छ, अहिलेका प्रत्येक चीजसँग यो उत्तिकै प्रतिस्पर्धा छ भन्ने लाग्छ ।

तपाईंले अवतार बनाउनुअघि अरु के त्यस्ता चीज थिए, जसलाई फिल्ममा राख्न तपाईंले स्टुडियोसँग लड्नुभयो ?

मलाई सुरुमै लागेको थियो कि हामीले केही चीजमा पक्कै झगडा गर्नेछौं । स्टुडियोले फिल्म अझै छोटो हुनुपर्‍यो भने इक्रानमा धेरै उडान भएको बतायो । दर्शकले रुचाएपछि र हाम्रो तथ्यांक विश्लेषणले पनि राम्रो भनेपछि ती दृश्यलाई राखियो । त्यतिबेला मैले भनें, तिमीहरुलाई के थाहा, मैले टाइटानिक बनाएको थिएँ । अहिले हामी बसेको भवन जुन छ, त्यसलाई टाइटानिकले कमाएको पैसाले बनाइएको हो । यति भनेपछि उनीहरुले मलाई धन्यवाद दिए । मलाई लाग्छ कि मेरो काम उनीहरुको लगानीको सुरक्षा गर्नु हो । जब मैले उनीहरुको लगानीको रक्षा गर्छु, त्यतिबेला सबै माफ हुन्छ ।

अवतार’ रिलिज भएयता विश्व फिल्म क्षेत्रमा कस्तो परिवर्तन आएको छ ?

नकारात्मक कुराहरु स्पष्ट छन् । स्ट्रिमिङ प्लेटफर्मको उदयलाई हामीलाई विश्वलार्ई घरतर्फ सजिलोसँग फर्किएको रुपमा महसुस गरेका छौं । कोरोना महामारीको कारण हलमा जान पनि ठूलो जोखिम मोल्नुपर्ने अवस्था थियो । सकारात्मक कुरा गर्दा हामीले फिल्म हलको थिएट्रिकल अनुभवको पुनरोदय देख्यौं । दर्शक त्यसैको चाहना राख्छन् । हामी अझै पनि महामारीको स्तरबाट लगभग २० प्रतिशतल तल छौं, तर यो विस्तारै लयमा फर्कंदैछ । दर्शकले ठूला फिल्म नहुँदा पनि हलमा गएका थिएनन् । तर अवतार यस्तो फिल्म हो जसलाई तपार्इंले फिल्म हलमै हेर्नुपर्छ ।

के दर्शकले ब्लकबस्टर फिल्म चाहन्छन् भन्ने कुरा बुझेर तपाईंमा कतै दबाब सिर्जना त भएको छैन कतै ?

म सधैं त्यो परिदृश्यमा फस्टाएको छु । खतरा यो छ कि त्यहाँ सधैं ठूला फिल्महरु आउँछन् र हामीले त्यो कम्पन पनि महसुस गर्छौं । यही कारण मैले फक्स स्टुडियोलाई क्रिसमससम्म टाइटानिकको रिलिज पोस्टपोन्ड गर्न सुझाएको थिएँ । हामी के कुरामा स्पष्ट थियौं भने जनवरी र फेब्रुअरीमा मैदान खाली हुनेछ र हामीले राम्रो प्रदर्शन गर्नेछौं । एउटै रणनीतिले अवतारमा काम गर्‍यो र हामीले अवतारको दोेस्रो श्रृंखलालाई पनि सोही छेकोमा रिलिज गर्दैछौं । यतिबेला हामीले कम्पन महसुस गरेका छैनौं किनभने त्यहाँ ठूला फिल्महरु छैनन् ।

सकेसम्म राम्रो काम गर्न र पैसा कमाउँ भन्ने जिम्मेवारीको भावना हामीसँग छ । तर मैले फिल्ममा लिने कुनै पनि निर्णयले कलात्मक रुपमा त्यो कसरी अनुदित हुन्छ भन्ने कुरा मलाई लाग्दैन । यो काम गर्दा धेरै पैसा कमाउन सक्छौं भन्ने लागेर म काम गर्दिन । जब यो राम्रो हुन्छ, त्यसले आफैं पैसा कमाउँछ ।

अवतारले वातावरण र प्राकृतिक स्रोतसाधनको ख्याल राख्न दिएको सन्देश महत्वपूर्ण छ । रिलिज भएको यत्तिका वर्षमा के त्यो सन्देश विश्वले सुनेजस्तो लाग्छ ?

मेरो फिल्मले संसारलाई बचाउन सकेन भनेर म दोषी महसुस गर्दिन । मानिस बदलिनुपर्छ भनेर भन्ने म पक्कै पनि त्यतिबेला एक्लो आवाज थिइनँ र यतिबेला पनि एक्लो आवाज होइन । मानिसहरु परिवर्तन हुन चाहँदैनन् । हामी ऊर्जालाई खेर फाल्न मन पराउँछौं । हामी मासु र दूग्धजन्य पदार्थ खान रुचाउँछौं । मानिसलाई व्यवहार परिवर्तन गर्न भन्नु, उनीहरुलाई धर्म परिवर्तन गर भन्नुजस्तै हो ।

हामीले चीन, उत्तरी युरोप र अमेरिकामा तातो लहर खेप्यौं भने पाकिस्तानमा बाढी देख्यौं । अन्ततः हामी परिवर्तन हुनेछौं र हामी मर्नेछौं । अवतारले तपाईंलाई विशेष रुपमा के गर्ने भनेर बताउन खोजेको छैन । यसले तपाईंलाई जानुस् र भोट हाल्नुस्, चीज बर्गर खानुस् भनेर भन्दैन । यसले हामीले के गुमाउँदैछौं भनेर सम्झाउने मात्र हो । यसले हामीलाई प्राकृतिक विश्वलाई सोही अवस्थामा राख्नुपर्छ भनेर बाल्यकालको जस्तै सोच बनाइराख्न मद्दत गर्छ । त्यहाँ एउटा आशा छ ।

के तपाईं मूल फिल्म र सिक्वेलबीच दर्शकको कथा वा यसका पात्रबीचको सम्बन्ध हराएको बारेमा चिन्तित हुनुहुन्छ ?

मलाई लाग्छ, मैले दुई वर्षपछि सिक्वेल बनाउन सक्थें र यसलाई विस्फोटक तुल्याउन सक्थें किनभने दर्शक फिल्मको पात्र वा निर्देशनसँग सम्बन्धित थिएनन् । मेरो व्यक्तिगत अनुभव यस्तो छ, मैले पहिलो फिल्मको सात वर्षपछि एलियन्स नामको सिक्वेल बनाएको थिएँ । यो धेरै राम्रो स्वागत थियो । पहिलो फिल्मको सात वर्षपछि मैले टर्मिनेटर २ भन्ने फिल्म बनाएँ । पहिलो फिल्मको तुलनामा दोस्रो भागले राम्रो कमाइ गर्‍यो । संसार द्रुत गतिमा अघि बढ्दैछ र हामीले अवतार २ ल्याउँदैछौं । टिजर ट्रेलर ल्याएसम्म २४ घण्टामा १४८ मिलियन भ्युज पायौं । हामीले लामो समयसम्म अवतार हेरेनौं । लामो समयको ग्यापपछि हेर्दा एउटा रोमाञ्चक महसुस पक्कै हुनेछ ।

(न्युयोर्क टाइम्समा प्रकाशित अन्तर्वार्ताको अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?