+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
कविता :

भाइरल भाइ

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ असोज ७ गते १३:२८

भाइरल बन्छन् उनी

रातारात चर्चाको शिखर चुम्छन्

सबैको मोबाइल मोबाइलमा डुल्छन्

सबैको जिब्रो जिब्रोमा बस्छन्

सडक, पसल, अफिस

जताततै कुरा उनैको हुन्छ

सयौं भिडियो बन्छन् उनका

कैयौं फोटो खिचिन्छन्

खिचिक्क खिचिक्क ।

उनका

अन्तर्वार्ता आउँछन्

सबैतिर छाउँछन्

भाइरल भाइले

अचम्मले नाम कमाउँछन् ।

उनी मख्ख पर्छन्

भाग्य खुलेको ठान्छन्

मानिसले घेरिएका उनी

प्रगतिलाई अनौठो मान्छन्

प्रशंसा भजन झैं लाग्छ

सुन्छन्

रमाउँछन्

पुलकित हुन्छन्

मानिस उनलाई उचाल्छन्

माथि माथि

अझै टुप्पोमा पुर्‍याउँछन्

भाइरल भाइ हावामा ठडिन्छन्

त्यही आफूलाई सुरक्षित ठान्छन्

आल्हादित हुन्छन्

अभ्यस्त बनाउँछन् आफूलाई ।

दिनचर्या फेरिन्छ उनको

हेराइ फेरिन्छ उनको

सोचाइ फेरिन्छ उनको

विगत बिर्सन्छन् उनी

चर्चाबीच मस्त रमाउँछन्

तर

दिन बित्छ

सूर्य ढल्छ

फेरि अर्को रात आउँछ

आज हिजो बन्छ

खोज्छन् हिजो जस्तो संसार

अब किन छैन

सन्नाटा छ

शून्यता छ

मानिसहरू नजिक देखिंदैनन्

देखिन्छन् टाढा टाढा ।

क्यामेरा, मोबाइल उनीतिर तेर्सिंदैनन्

उनी आफूलाई एक्लो पाउँछन्

असहजताबीच

न अस्तिको न हिजोको जस्तो हुन्छन् उनी

यथार्थता सहन गाह्रो हुन्छ

विक्षिप्त बन्छन् उनी

अस्तिको जीवन भन्दा अझै पीडादायी हुन्छ पल

हिजो अब इतिहास बन्छ

भाइरल भाइ जो एक रात हिरो बने

तर अर्को रात ?

अर्को रात उनी देख्छन्

मानिसहरू अर्को मान्छेको खोजीमा

दौडिरहेका

अर्को भाइरल निर्माणमा लागिरहेका

उनी हेरिरहन्छन्

मात्र हेरिरहन्छन् एक्लै

बिल्कुल बिल्कुल एक्लै

अनि देख्छन्

एक अर्को भाइ भाइरल बन्दै गरेको

अन्तर्वार्ता दिंदै गरेको ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?