+

किटो आहारले मधुमेह र उच्च रक्तचाप नियन्त्रण हुन्छ ?

२०७९ असोज  २३ गते १५:४९ २०७९ असोज २३ गते १५:४९
किटो आहारले मधुमेह र उच्च रक्तचाप नियन्त्रण हुन्छ ?

माटोपन कसरी घटाउने, मधुमेह कसरी नियन्त्रण गर्ने, उच्च रक्तचापलाई कसरी काबुमा राख्ने ? अहिले यी प्रश्नहरुको खोजीसँग ‘किटो आहार’को प्रचलन व्यापक रुपमा बढेर गएका छन् । खासगरी शहरियाहरुले रोगमुक्त जीवनका लागि यस्तो आहार तालिका अपनाउने गरेका हुन् ।

किटो आहारले मधुमेह च्वाट्टै हुन्छ, उच्च रक्तचाप नियन्त्रणमा आउँछ भनी प्रचारप्रसार पनि खुबै हुने गरेको छ । कतिपयले त किटो आहारलाई आधार बनाएर क्लिनिकसमेत सञ्चालन गरिरहेका छन् । खासमा के हो किटो आहार ? यसमा के कुरा समावेश हुन्छ ? यो कति फाइदाजनक छ ?

कस्तो हुन्छ किटो आहार

पोषणविद्हरुका अनुसार किटो आहारमा वोसो र प्रोटिनको मात्रा उच्च हुन्छ भने कार्बोहाइडेट एकदमै न्युन हुन्छ । यस्तो खानपानसँगै कतिले १६ वा १८ घण्टाको उपवास पनि अपनाउने सुझाव दिन्छन् भने कतिलाई खानपान तालिका मात्रै ।

किटो अहार सबैका लागि र सबै अवस्थामा भने फाइदाजनक नहुन सक्ने पोषणविद्को भनाई छ । केही बर्षअघि हिन्दी एवं बंगाली फिल्मका अभिनेत्री मिष्टी मुखर्जीको मिर्गौला खराब भएर निधन भएको थियो । बिबिसीको एक रिपोर्टमा उल्लेख छ, उनले ‘किटो आहार’ लिइरहेकी थिइन् र कतिपयले उनको मृत्युको कारण किटो डाइट हुनसक्ने तर्क गरेको थियो । यद्यपि यो कुरा भने अहिलेसम्म पुष्टि भएको छैन ।

पोषणविद्हरुको भनाई के छ भने अहिले जसरी अन्धधुन्ध किटो आहार लिने प्रवृत्ति बढ्दै गएको छ, त्यो सही होइन । मान्छेको शारीरिक अवस्था, उमेर आदिलाई हेरेर मात्र उनका लागि यो आहार योग्य छ वा छैन भनी निर्धारण गर्न सकिने उनीहरुको भनाई छ ।

के भन्छन् चिकित्सक ?

किटो आहारले फाइदा गर्ने भएपनि जथाभावी ढंगले यस्तो आहार तालिका अपनाउँदा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुको भनाई छ । ‘किटो आहारले तौल नियन्त्रण गर्न, मधुमेह र उच्च रक्तचाप नियन्त्रण हुन सहयोग गर्छ’ मधुमेह विशेषज्ञ डा. मधु पाडे भन्छिन्, ‘तर यस्तो आहार लिनुअघि चिकित्सकसँग परामर्श लिनैपर्छ ।’

किटो आहार लिँदा आफ्नो उमेर, तौल, रोग, खानपान शैली, व्यायाम र शारीरिक अवस्थालाई ध्यान दिनुपर्ने उनको सुझाव छ ।

किटो आहार मात्र होइन, कुनैपनि स्वस्थ्यकर खानाले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्ने बताउँछन् मुटुरोग विशेषज्ञ डा. एम के पिया । ‘स्वस्थ, ताजा, सन्तुलित खानपानले शरीरलाई निरोगी राख्छ जसको प्रत्यक्ष प्रभाव मुटु एवं रक्तचापमा पनि पर्ने नै भयो’ उनी भन्छन्, ‘मुटुरोग लाग्नु वा उच्च रक्तचाप बढ्नुमा खराब खानपान निकै जिम्मेवार छ ।’ किटो आहारले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्ने उनको भनाई छ ।

किटो आहार
डा. मधु पाण्डे
लेखक
डा. मधु पाण्डे
मधुमेह, थाइराइड र हार्मोन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १२६५९ एमबीबीएस, एमडी हाल काठमाडौं थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र चावहिलस्थित मेडिकेयर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय