+

किन भोक लागेपछि मात्रै खाना खानुपर्छ ? पोषणविद्ले दिए यस्तो कारण

२०७९ असोज  २३ गते १७:२२ २०७९ असोज २३ गते १७:२२
किन भोक लागेपछि मात्रै खाना खानुपर्छ ? पोषणविद्ले दिए यस्तो कारण

अहिले हाम्रो थालीमा अनेकथरी व्यञ्जन छन् । दाल, तरकारी, अचार, माछामासु, दही, दुध, घिउ, सागसब्जी, सलाद, मीठाई । यद्यपि भोक नै नभएपछि हाम्रो जिब्रोले यी व्यञ्जनको स्वाद कसरी पाउने ?

किनभने हामीलाई खान हतार छ । घडीको काँटा हेरेर गाँस टिप्नुपरेको छ । आफ्नो कामधन्दामा लाग्नुपर्ने हतारोले गर्दा हामीलाई खान फुर्सद नै छैन । भोक लागेको होस् वा नहोस् ? हामीलाई पेट भर्नुसँग सरोकार छ । जबकि शरीरलाई जीवित राख्न मात्र होइन, निरोगी, तन्दुरुस्त र उर्जावान राख्न पनि खानाको खास भूमिका छ ।

आयुर्वेद भन्छ, ‘खाना एकदमै आरमले खानुपर्छ । हरेक गाँसमा स्वाद लिनुपर्छ । यतिबेला मनमा आनन्द भाव हुनुपर्छ ।’

हतार–हतार खाने र खानैपर्छ भनेर मात्र खाने प्रवृत्तिले गर्दा नै अहिले विभिन्न किसिमको रोगहरु लाग्ने गरेको छ । मोटोपन, मधुमेह, थाइराइड, उच्च रक्तचाप जस्ता दीर्घरोग बढ्नुमा पनि हाम्रो खराब खानपान शैली जिम्मेवार छ ।

मलाई खाना चाहिन्छ भनेर खानु भन्दा पनि शरीरलाई खाना चाहिए पछि खानु राम्रो हुन्छ ।

अहिले मान्छे व्यस्तताको कारण सबै काम हतार हतार गर्छन् । खाना पनि हतार हतार नै खान्छन् । यसरी हतार हतार खाना खाँदा मैले कति खाना खाईरहेको छु ?  मलाई पुगेको छ वा छैन भन्ने कुरा पनि भेउ पाउँदैनन् । जसले गर्दा उनीहरुले आवश्यक्ताभन्दा बढी वा कम खाइरहेका हुन्छन् । त्यसमाथि हामी जिब्रोका स्वाद मात्र खोज्न थालेका छौं । जबकि खाना त शरीरको लागि हो । शरीरलाई कस्तो खानपान जरुरत छ, कति जरुरत छ भन्ने कुरामा हामीलाई मतलब छैन ।

खाना राम्ररी  स्वाद लिएर शरीरलाई पुग्ने गरी खाना खानेको संख्या एकदमै कम छ । पहिले खानेकुरा सीमित हुन्थ्यो तर मान्छेहरुले त्यो खाना स्वाद लिएर विस्तारै खान्थे । अहिले खानाको परिकार धेरै हुन्छ । तर, मानिसहरु त्यो खानालाई राम्ररी स्वाद लिएर समय मिलाएर खाना खान पाउँदैनन् ।

त्यसैगरी विगतमा मान्छेहरु पर्याप्त शारीरिक श्रम गर्थे । यसरी शारीरिक श्रम गरेपछि भोक पनि मज्जाले लाग्ने नै भयो । उनीहरु भोक लागेपछि स्वादले खाना खान्थे ।

अहिले हामीले जसरी उनीहरु घडी हेरेर खाना खाँदैनथे । शरीरको आवश्यक्ता अनुसार खाना खान्थे । शरीरले मागेपछि खान्थे । तर, हामी घडीको काँटा अनुसार खानेकुरा खाने अभ्यास गरिरहेका छौं ।

पहिले पहिले पोषणविदले पनि दिनभरमा थोरै थोरै खाना समय समयमा खाइरहनु भनी सुझाव दिन्थे । यसरी थोरै थोरै खानेकुरा खाइरहेपछि पाचन प्रणालीमा सहज हुन्छ र भोक पनि लाग्दैन भन्ने बुझाई थियो ।

तर, अहिले पोषणविदले पनि भोक लागेपछि मात्रै खाना खानुपर्छ भन्न थालेका छन् । यसको अर्थ शरीरलाई आवश्यक भएपछि मात्र भोजन गर्नु उपयुक्त भन्ने हो । जब भोक लाग्छ, शरीरमा पाचन रसहरु उत्पादन हुन्छ । तब हामीले खाएको खानेकुरा राम्ररी पच्छ ।

यसको अर्थ समय तालिकालाई पूर्णत बेवास्ता गर्नु भन्ने होइन । यदि समय तालिका अनुसार आफ्नो शरीरलाई अभ्यस्त बनाइयो भने निर्धारित समयमा हामीलाई भोक लागेको महसुष हुन्छ । अतः त्यसबेला नै शरीरमा पाचन रस उत्पादन हुन्छ र त्यसक्षण हामीले खाना खान सक्छौं ।

पोषणविद् कार्कीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित

आरेम कार्की जीवनशैली
लेखक
आरेम कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

यौन दुर्बलताको के छ समाधान ?

यौन दुर्बलताको के छ समाधान ?

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?