+
+

९ जिल्लाका १०० किशोरीलाई ‘पद हस्तान्तरण’ गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते २०:१०

२४ असोज, काठमाडौं । अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा विश्वभर ‘गर्ल्स टेक ओभर’ कार्यक्रम हुने भएको छ ।

नेपालमा भने देशभरका ९ जिल्लामा सय जना किशोरीहरुले विभिन्न कार्यलय तथा संस्थाहरुको नेतृत्व केही घन्टाका लागि लिनेछन् । प्लान इन्टरनेसनलले बालिका दिवसको अवसरमा विश्वभर ‘गल्र्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) हुने जनाएको छ ।

नेपालमा पनि बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम निरन्तरता हुने भएको छ । संघीयस्तरका संघसंस्थाका साथै जुम्ला, कालीकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, संघसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्था लगायतमा प्रमुख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई पद हस्तान्तरण हुनेछ ।

अभियान अन्तर्गत पहिलो चरणमा अक्टोबर ११ र १२ तारिखका दिन राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव, त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागका विभागिय प्रमुख, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघका विभिन्न जिल्ला शाखाहरुको अध्यक्षको रुपमा बालिका तथा किशोरीले भूमिका निर्वाह गर्ने छन् ।

प्लान इन्टरनेसनलका राष्ट्रिय निर्देशक राम किसन गल्र्स टेकओभर बालिका तथा किशोरीहरुका लागि उत्कृष्ट अवसर भएको दाबी गर्छन् । उनी भन्छन् ‘यसले बालिका तथा किशोरीहरुका सवालमा निर्णायककर्ता, नेता तथा परिवर्तनका संवाहकहरुको दृष्टिकोण परिवर्तन गर्दछ ।’

नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरुसँगको हातोमालो तथा हामी दाजुभाईको प्राविधिक सहयोगमा अभियान हुने आयोजक संस्थाले जनाएको छ । प्रभाव, सञ्चार तथा अभियानका निर्देशक प्रसेन खाती गल्र्स टेक ओभर कार्यक्रमले किशोरीहरुमा सशस्त्र बनाउने बताउँछन् ।

अभियानमा संलग्न बालिका तथा किशोरीहरुमा सकारात्मक परिवर्तन ल्याएको हामी दाजुभाईका संस्थापक अध्यक्ष सन्जोग ठकुरी बताउँछन् ।

मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्र्तराष्ट्रिय बालिका दिवस मनाइदैछ ।

प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।

सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।

रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

किशोरी ज्ञापनपत्र

किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?