+
+

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा शिक्षा, इन्दिरा र जलिन्द्रलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते २०:३७
Photo Credit : NSJF Gandaki
जलिन्द्र शाहीसहित ।

२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदको फेन्सिङमा आज (सोमबार) ३ वटा स्वर्ण पदकको छिनोफानो भएको छ ।

जसमा बागतीकी शिक्षा नापित, त्रिभुवन आर्मीकी इन्दिरा पौडेल र सुदूरपश्चिमका जलिन्द्र शाहीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा भइरहेको प्रतियोगितामा पुरुष फोयलमा सुदूरपश्चिमका जलिन्द्रले बाग्मतीका सञ्जिव लामालाई हराउँदै स्वर्ण पदक जितेका हुन् । त्रिभुवन आर्मी क्लबका वीर शाही र एपिएफका सेरसिंह ऐरीले कास्य पदक जितेका छन् ।

त्यस्तै महिला ईपी इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबकी इन्दिराले आफ्नै क्लबकेव सीता पाठकलाई हराउँदै स्वर्ण जितिन् । उक्त आर्मीकै पूजना कुमाल र एपिएफकी जानुका स्याङतानले कास्य पदक जिते ।

सोमबारै दिउँसो भएको सेबर इभेन्ततर्फ बागमती प्रदेशकी शिक्षा नापितले पहिलो स्वर्ण पदक खाता खोलेकी थिइन् । उनले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

प्रतियोगिता ईपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागीयसहित ६ टिमको सहभागी छन् ।

शिक्षा नापितसहित ।
इन्दिरा पौडेलसहित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?